चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिका जोड्ने मुग्लिनस्थित आर्क ब्रिज बुधवारदेखि सञ्चालनमा आएको छ। उक्त पुलको नेपाली इन्जिनियरहरुले डिजाइन गरेका हुन्। पुलको तनहुँ र चितवनतिरको भागमा पछि कालोपत्रे गर्ने गरी तत्कालका लागि सवारीसाधन सञ्चालन गर्न अनुमति दिइएको पुल आयोजना सेक्टर नम्बर २ मध्य क्षेत्र पाटनढोका ललितपुरले जनाएको छ। १६० मिटर लामो उक्त आर्क ब्रिज गण्डकी प्रदेशको प्रवेश द्वार समेत मानिन्छ। पुरानो पुलको पिच उप्किएर जीर्ण अवस्थामा पुगेकाले पनि नयाँ पुलबाट छिटो यातायात सञ्चालन गराइएको आयोजनाले जनाएको छ।
दशैँलगत्तै थप काम गर्ने गरी हाललाई यातायात सञ्चालनमा ल्याएको योजना प्रमुख अंगलाल रोकायले जानकारी दिए। ‘पुलको दायाँबायाँ कालोपत्रे गर्ने, टेवा पर्खाल लगाउनेलगायतका बाँकी काम पछि गरिनेछ,’ उनले भने। ‘पुरानो पुल जीर्ण भएकाले नयाँ पुल रोकिराख्नुपर्ने अवस्था देखिएन।’
पुरानो पुललाई समेत मर्मत गर्ने योजना रहेको आयोजनाले जनाएको छ। इलाइट एडभान्चर लोहनी कन्टक्सनले पुल निर्माणको काम पूरा गरेको हो। नेपाल सरकारको ११ करोड ८० लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको आयोजना प्रमुख रोकायाले जानकारी दिए। वैशाखमै सम्पन्न गर्ने भनिए पनि नारायणगढ-मुग्लिन सडकखण्डमा मर्मतको काम भएकाले भारतबाट निर्माण सामग्री ल्याउन कठिनाइले गर्दा पुल निर्माणमा ढिलाइ हुन गएको रोकायाले बताए। त्रिशुली नदीमाथिको मुग्लिनको पुल नेपालकै कम लगानीमा निर्माण भएको नमुना पुल भएको दाबी समेत आयोजनाले गरेको छ।
http://gandaknews.com/muglin-pul/
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’