गण्डकी अस्पतालको नामले चिनिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा अख्तियार पसेको छ । आर्थिक अनियमिता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय पोखराले छानविन गर्न कागजात नियन्त्रणमा लिएको हो ।
अस्पतालको एमआरआई मेसिन खरिदका क्रममा अनियमिताका साथै सामाजिक इकाई संचालनका क्रममा पनि आर्थिक चलखेल भएको उजुरी एकपछि अर्को गरी परेपछि त्यसैको छानविनका लागि कागजात नियन्त्रणमा लिइएको अख्तियारका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।
यस्तै, खरीद प्रक्रियामा रहेका कागजात समेत नियन्त्रणमा लिइएको उनले जनाएका छन् । केही दिन अगाडी मात्रै अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका विषयमा आर्थिक चलखेलको उजुरी परेको थियो । सामाजिक सेवा सञ्चालनका लागि अस्पतालले असार २३ गते सार्वजनिक सूचना समेत जारी गरेको थियो । चार वटा गैह्र सरकारी संस्थाहरु असल छिमेकी सहयोगी संस्था (गोनेसा), कोपिला नेपाल, कम्युनिटी सर्पोट ग्रुप र टिम लिडर लोकल अर्गानाइजेसनले आवेदन दिएका थिए ।
प्रतिष्ठानका पकुलपति बुद्धिबहादुर थापा काठमाण्डौ रहेका कारण यस सम्बन्धी कागजात भने थापा आफैले ल्याउने जनाएको रिजालले जनाएका छन् । डा. थापा पोखरा फर्केर सबै कागजात अनुसन्धानका लागि बुझाउने जनाएका छन् भने प्रतिष्ठानका डिन डाक्टर नरेन्द्र गुरुङ यसबारे आफूले नबोल्ने जनाएका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’