सञ्जय रानाभाट । गत महिना सम्पन्न पल्सर स्पोर्टस् अवार्डका विजेता पोखराका दुई खेलाडी एवं प्रशिक्षकलाई पोखरामै पुरस्कार वापतको बाइक हस्तान्तरण गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले असार १७ गते काठमाडौंमा गरेको पल्सर स्पोर्टस अवार्ड २०७५ मा उत्कृष्ट खेलाडी पुरुष तर्फ प्याराग्लाइडिङका युकेश गुरुङ र उत्कृष्ट प्रशिक्षक घोषित प्याराग्लाइडिङकै योगेश भट्टराईलाई पल्सर एनएस बाइक हस्तान्तरण गरिएको हो । गण्डकी प्रदेशभर उत्कृष्ट बन्दै पोखरा स्पोर्टस् अवार्ड जितेका युकेशले हिजोमात्रै टिभिएस अपाचे बाइक पनि पुरस्कार पाएका थिए ।
बजाज पल्सरको यस क्षेत्रका लागि आधिकारिक विक्रेता इच्छाशक्ति अटोमोवाइल्सका अध्यक्ष इच्छामान बज्रचार्यले बिजेता खेलाडीलाई बाइकको चाबी हस्तान्तरण गरे । बज्राचार्यले खेलाडीहरुको आत्मबल बढाउनका लािग बिगत ४ बर्षदेखि खेलकुद क्षेत्रमा सहकार्य गदै आएको बताए ।
प्रशिक्षक भट्टराईले विभिन्न समस्याका बाबजुत पनि पदक हाँसिल गर्न सफल भएको उल्लेख गरे । खेलाडी गुरुङले अवार्डले हौसला मिलेको भन्दै आगामी दिनमा पनि आफूले अन्तर्राष्ट्रिय पदकका लागि सक्दो कोसिस गर्ने बताए । नेपाल खेलकुद पत्रकार मञ्चका निर्वतमान अध्यक्ष केशव पाठककले एशियाली खेलकुदमा पहिलो ऐतिहासिक रजत पदक जित्न सफल भएकोमा खुसी व्यक्त गरे

१८ औं एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्रि तर्फ महत्वपूर्ण रजत पदक जित्दा १८ वर्षीय युकेश टिमका सदस्य थिए । उनले रजत पदक जिताउन सर्वाधिक अंक बटुलेका थिए । यसै टीमको प्रशिक्षण योगेशले गरेका थिए ।
यूकेशले नेपालका चर्चित खेलाडीहरुलाई पछि पार्दै उक्त अर्वाड संगै बजाज पल्सर बाइक हात पारेका छन् । उनको प्रतिष्पर्धामा क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रबहादुर राई, जुडोका इन्द्र बहादुर श्रेष्ठ रहेका थिए ।
यस्तै, योगेश फुटबलका हरि खड्का, एथलेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र बिष्टलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक बने ।
तस्विरः सुदर्शन रञ्जित
सम्बन्धित खबर
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
वालिङ महोत्सवमा खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो