प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सकिएन, बसाई लम्बिन सक्ने

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण सकिएन, बसाई लम्बिन सक्ने

kp-oli1

स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई केहि लम्बिने भएको छ । उपचारका क्रममा सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणको काम नसकिएकाले उनको केहि दिन बसाई लम्बिन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि, अस्पतालले बिहीबार साँझसम्म ओलीलाई डिस्चार्ज गर्ने र शुक्रबार राति ८ बजे नेपाल आइपुग्ने कार्यतालिका थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार डिस्चार्जअघि केही थप स्वास्थ्य परीक्षण गर्नुपर्ने भएका कारण पधानमन्त्रीको सिंगापुर बसाई लम्बिने भएको हो । कुन दिन फर्कने भन्ने मिति अहिले नै भन्न सक्ने अवस्था नरहेपनि सोमबारसम्ममा प्रधानमन्त्री स्वदेश फर्कने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए । प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत सिंगापुरमा छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ