पोखरामा बजार अनुगमन, नियम विपरित प्रयोग भएका सामाग्री जफत

पोखरामा बजार अनुगमन, नियम विपरित प्रयोग भएका सामाग्री जफत

taraju

पोखरा । नियम विपरित प्रयोग भएका ६९ वटा तराजु र माना नियन्त्रणमा लिइएको छ । पोखराका विभिन्न ठाउँमा गरिएको अनुगमनको क्रममा सो परिमाणका नापतौलका एकाइहरु जफत गरिएको हो ।

पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की, नापतौल तथा गुणस्तर कार्यालय पोखरा, उपभोक्ता मञ्च कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र पोउवा संघ सहितको संयुक्त अनुगमन टोलीले बुधबार साँझ अनुगमन गरेको होे । अनुगमनका क्रममा इस्प्रिङ तराजु ३१ वटा, माना १९ वटा र अन्य एकाइ १९ वटा गरि ६९ वटा एकाइ जफत गरिएको हो । पोखराको मुख्य बजार पृथ्वीचोक, महेन्द्रपुल र चिप्लेढुङगामा सो अनुगमन गरिएको थियो ।

फलफूल, तरकारी र मसला खरिद बिक्रीमा यस्ता सामाग्री बढी प्रयोग हुने गरेको पाइएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । कानुनअनुसार नेपालमा ढक, तराजु, लिटर र मिटर मात्रै प्रयोग गर्न पाइन्छ । इस्प्रिङ तराजु वस्तु खरिद विक्रीमा प्रयोग गर्न नपाउने नियम रहेको छ ।

उपभोक्ता ठगिने गरेको गुनासोलाई ध्यानमा राख्दै पोखरामा बजार अनुगमनको काम भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ