मिस नेपाल, मिस्टर नेपाल त सुनिएकै हो । अब नेपालमा नयाँ कन्सेप्टका साथ पहिलो पटक मिस्टर दारी प्रतियोगिता हुँदैछ । यसका लागि मुलुकका विभिन्न शहरमा अडिसन भइरहेका छन् ।
दारी भएका पुरुषहरुबीचको यो प्रतियोगिता थण्डर प्रोडक्शनले गरेको हो । विराटनगरबाट सुरु भएको अडिसन, इटहरी हुँदै विर्तामोड, चितवन, बुटवलमा सम्पन्न भइसकेको छ । अब कोहलपुर, पोखरा र काठमाण्डौमा बाँकी छ । पोखरामा साउन २८ गते क्लाउड नाइनमा हुने निश्चित भएको छ । साउनको ३२ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ । शोको ग्राण्ड फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौंमा हुनेछ । पूर्वबाट नौ जना छानिएका छन् । विराटनगरबाट अमनजंग कार्की, हिमाल राज पराजुली, सृजल घिमिरे, इटहरीबाट उमेश परियार, फैयाज अन्सारी, देवराज ओझा र विर्तामोडबाट सञ्जय लुहागिन, इन्द्रजित आचार्य र सरोज नेपाल अर्को राउण्डको लागि छानिएका छन् । यसैगरी ,चितवन अडिसनबाट सुरज अधिकारी र सुवास सागर छानिएका छन् ।

अफिसियल कोरियोग्राफरको रुपमा सनिश शाक्य रहेका छन भने जजको रुपमा फेसन कोरियोग्राफर प्रमोद बंशल रहेका छन् । यो शोको ब्राण्ड एम्बासडर दाह्री ग्याङका एडमिन समेत रहेका अभिषेक राज सिंह थापा रहेका छन् ।
मिष्टर दारीमा भाग लिन ?
यस शोमा सहभागिताका लागि प्रतियोगीको दारी हुन अनिवार्य छ । उचाई र शारीरिक मोटाईले खासै फरक नपर्ने जनाइएको छ । फाईनलको लागि देशभरको अडिसन बाट ३० देखि ४० जनालाई छनौट गरेर फाइनल राउण्डको लागि काठमाडांैमा विभिन्न प्रशिक्षण दिईने आयोजकले जनाएको छ ।
के पाउँछ विजेताले ?
बिजेताले गौतम होलिडेजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुरको व्यवस्था संगै १ लाख नगद पुरस्कार र पस्मिनाको ब्राण्ड पनि पाउनेछन । यस्तै, बिजेताले अन्तरास्ट्रिय शोहरु तथा बलिउडमा पनि अवसरका लागि पठाईने आयोजकको भनाई छ ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’