पोखरा । पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसहरुमा ई–टिकेटिङ लागु गर्दैछ । शुक्रबार सफल परिक्षण गरिएसंगै शनिबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराका बसमा मेट्रो कार्ड प्रयोग गरेका छन्। शुक्रबार पोखरा सिम्पानीदेखि हिमालयन आँखा अस्पताल रुटका १३ वटा बसमा ई टिकेट सिष्टमको परिक्षण भएको थियो ।
मेयर, उपमेयरको साथमा विभिन्न बस कम्पनीका अध्यक्ष एवं संचालक सहितको टोली पनि सहभागी थिए । उनीहरुले नगर बसमा यात्रा गदै कार्डमार्फत नै भाडा तिरेका थिए ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले भदौ १ गते भित्र पोखरा उपत्यकामा चल्ने सम्पूर्ण बसहरुमा उक्त सिस्टम जडान गर्ने जनाए । पोखरा बस कम्पनी प्रालिका सञ्चालक सदस्य अमृत शर्मा तिमिल्सिनाले महानगरले भनेको अवधिभित्रै सबै बसमा यो सेवा सुरु भइसक्ने जानकारी दिए । यो सिष्टमको निर्माण कम्पनी एनक्लाउड कम्पनीका सिइओ दिपेन्द्र नारायण श्रेष्ठले वैशाखदेखि सुरु गर्ने भनिएपनि विविध कारणले हुन नसकेको जनाउँदै भदौ १ देखि लागू हुने हुँदा अब सबैले यो सेवा प्रयोग गर्न सुझाव दिए ।
पहिलो चरणमा पोखरा भित्रका स्कुल, कलेज अध्ययन गर्ने बिद्यार्थीहरु माझ वितरण शुरु गरिएको र लगत्तै पोखरा महानगर भित्रका सम्पूर्ण वडाहरु मार्फत सो कार्ड वितरण गरिने श्रेष्ठले बताए ।
पोखरा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने पोखरा महानगरपालिकाको अवधारणा छ । पहिलो चरणमा १० हजार कार्ड निःशुल्क रुपमा वितरण गरिने भएको छ ।
भाडामा छुट, विद्यार्थी सहुलियत पनि
थोरै पैसा भाडा फिर्ता नहुने समस्या अब टर्ने भएको छ । यो सिस्टम लागु भएसंगै आर्थिक पारदर्शीतÞा हुनेछ । कार्ड प्रयोगकर्तालाई सहुलियत स्वरूप पोखरा बस कम्पनीले चढ्न साथ लागु हुने न्यूनतम भाडा १४ रुपैयामा १ रुपैया घटाएर १३ रुपैया लिने संचालक तिमिल्सिनाले जनाए । यसैगरी, २० रुपैया भाडा लाग्ने ठाउँमा २ रुपैया छुट, ४० रुपैँयासम्मको भाडामा ४ रुपैँया छुट र ५० रुपैँयासम्म भाडा लाग्ने ठाउँमा ५ रुपैँया छुटको व्यबस्था गरेको उनले बताएका छन् । विद्यार्थी सहुलियत पनि पाईनेछ ।
कार्ड कसरी लिने ?
कार्ड प्राप्त गर्न एउटा पासपोर्ट फोटो र एक प्रति परिचय खुल्ने परिचयपत्रको फोटोकपी आवश्यक पर्नेछ । कार्डमा १०० रुपैंया ब्यालेन्स हुन्छ र सोका लागि १ सय रुपैंया नै बुझाउनुपर्नेछ । पछि कार्ड फिर्ता गरेको खण्डमा सो पैसा पुनः पाईनेछ । मेट्रो कार्ड आईतबारबाटै बाँड्न सुरु हुने महानगरले जनाएको छ । यसका लागि ३३ वटै वडामा सम्पर्क गर्न अनुरोध पनि गरेको छ । साथै बस कम्पनी कार्यालयमा पनि उपलब्ध हुनेछ । कार्डमा १ सय रुपैंयादेखि १ हजार रुपैंयासम्म ब्यालेन्स राख्न सकिनेछ । बसभित्रै सहचालक मार्फत पनि कार्डमा पैसा भर्न सकिनेछ ।
कसरी पैसा काटिन्छ ?
सहचालकसँग बसमा भाडा तिर्दा सिष्टम मेसिन स्मार्ट पोष्ट डिभाइस हुन्छ । उक्लँदा मेसिनमा एटिएम कार्ड झैं छुने र झर्ने वेलामा पछि उक्त मेसिनमा छुँदा चढेको र झरेको स्थानका आधारमा कार्डबाट पैसा काटिनेछ ।
असोज ३ भित्र सिष्टम जडान हुने बस सञ्चालनमा रोक
आगामी असोज ३ गतेसम्म सम्पूर्ण सवारी साधनहरुमा ईटिकेटिङ प्रविधि लागू गर्न समय प्रदान गरिएको छ । यदी यस अवधिभित्र पनि सिष्टम जडान नगरेमा कारबाही भोग्नुपर्ने महानगरले जनाएको छ । महानगरलाई स्थानिय शासन संचालन ऐन अन्तर्गत त्यस्ता सवारी साधन संचालनमा रोक लगाउन सक्ने अधिकार छ ।
http://gandaknews.com/e-ticketing/
http://gandaknews.com/e-ticket/
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो