गण्डकी प्रदेशका जिल्ला अन्तर्गत आज तनहुँ, बाग्लुङ, कास्की, नवलपरासीमा एक–एक जनाको मृत्यु भएको छ । बाग्लुङको ढोरपाटन नगरपालिका ८ कुहिने बाटोमा रहेको गोठमा सोही स्थानको बोबाङ बस्ने वर्ष ६० को भुम बहादुर बि.क. र श्रीमति वर्ष ६० की बिमा बि.क. आफ्नै गोठमा काम गर्न गई गोठमा नै बसेकोमा आज दुवै जना मृत अवस्थामा भेटिएको प्रदेश प्रहरीले जनाएको छ । घटनाबारे थाहा हुने बित्तिकै तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।
यस्तै, पोखरा महानगरपालिका १६ महेन्द्र गुफा स्थित वर्ष ३६ की गोमा परियार एक्कासी वमिट गरी मुखबाट फिंज निकाली बिरामी भई उपचारको लागि फिष्टेल अस्पताल ल्याएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका छन् । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तनहुँको देवघाट गाउँवपालिका ५ ठिमुरा पुल स्थित त्रिशुली नदिको किनारमा हाल सम्म नाम, थर, वतन नखुलेको वर्ष अन्दाजी ४५ को पुरुष व्यक्तिको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान प्रदेश प्रहरीले जानकारी दिएको छ ।
नवलपुरको कावासोती नगरपालिका ८ थानाचोक नजिकै हालसम्म नाम, थर, वतन नखुलेको अंन्दादजी ५०, ५५ वर्षको पुरुष व्यक्ति अचेत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटिई गई निजलाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा नवलपरासी पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला