मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वार रानीपौवामा सोमबारदेखि हुने चार दिवशीय यार्तुङ महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा महोत्सव हुन लागेको हो ।
सोमबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले समुद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । हिमाली संस्कृतिको जीवन्तता र यस क्षेत्रको पर्यटन प्रवद्र्र्धन गर्न महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरूङले बताए । महोत्सवमा याकमा सवार, ऐतिहासिक घोडा दौड, परम्परागत ताराखेल, सेवेन ए साइड फुटबल प्रतियोगिता लगायतका कार्यक्रम राखिएको छ ।
महोत्सवमा गाउँपालिकाभित्रका १९ वटा गाउँको परम्परागत भेषभूषा प्रदर्शनका साथै त्यहाँका विविध संस्कृति देखाइने छ । महोत्सवमा करिब १० हजारले अवलोकन गर्ने आयोजकले जनाएको छ । हिमाली क्षेत्र र त्यहाँका प्राचीन संस्कृतिको पर्यटकीय विकासका महत्वपूर्ण आधार भएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए ।
https://www.facebook.com/gandaknews/videos/2122884268016732/
उनका अनुसार मुक्तिनाथमा हुने यार्तुङ महोत्सवसँगै त्यस क्रममा गरिने विविध सांस्कृतिक कार्यक्रम र साहसिक पर्यटनका खेलले यहाँको पर्यटकीय विकासमा अहम भूमिका निर्वाह गर्नेछ । प्राचीन संस्कृतिको जगेर्नामा पनि महत्वपूर्ण सहयोग पुग्ने थपलियाले विश्वास व्यक्त गरे ।
के हो त यार्तुङ
हिमाली क्षेत्रमा बर्खायामको अन्त भई हिउँद याम सुरु हुने समयका रुपमा रमाइलो तरिकाले मनाउने पर्व हो यार्तुङ । बर्खायाममा पर्ने अविरल वर्षाको अन्त्यसँगै रमाइलो दिन आउने भन्दै यसलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । यार्तुङका अवसरमा हिमाली क्षेत्रमा विभिन्न किसिमका परम्परागत झाँकी, घोडा दौड र मीठो–मीठो परिकार बनाएर खाने परम्परा छ । यार्तुङमा नयाँ र राम्रो लुगा लगाउने परम्परा छ । महोत्सवका क्रममा हुने विभिन्न प्रतिष्पर्धात्मक खेलका लागि ठिनी, जोमसोम, स्याङ लगायतका गाउँमा युवाहरूले तयारी तीव्र बनाएका छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार