गण्डक न्यूज, पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड स्थित एस मिनि मार्केटमा मंगलबार अपरान्ह भिषण आगलागी भएको छ । आगलागीबाट भाटभटेनी अगाडिको सो मिनिमार्केटका सबै २३ सटरमा रहेका सामानहरुमा कामै नलाग्ने गरी क्षति पुगेको कास्की प्रहरीले जानकारी दिएको छ ।
व्यवसायी यदुनाथ अधिकारीको सो मिनिमार्केटमा सात जनाले व्यापार गर्दै आएका थिए । प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार शुभ युनिक फोम हाउसकै ७ वटा सटर छ । जहाँ कार्पेट, पर्दा, फोमहरु थिए ।
यस्तै, फर्निचर पसल, ध्रुब इलेक्ट्रिोनिक बक्स, शुभकामना क्याफे, खाजा पसल, जुस पसल गरी २३ वटा सटरहरु थिए । केहि फर्निचरका सामान र इलेक्ट्रिक सामान निकाल्न सकिएपनि अरु सबै ध्वस्त भएका छन् । झण्डै २ घण्टामा आगो पूर्ण नियन्त्रणमा लिन सकिएको हो । पौने ६ बजे आगो नियन्त्रणमा आएको हो ।
पोखरा भाटभटेनी नजिकै आगलागी भएको खबर पाउने बित्तिकै चिप्लेढुंगा बिटबाट प्रहरी तत्काल पुगेको ईन्स्पेक्टर सुवेदीले जानकारी दिए । सात मिनेटभित्रै एउटा दमकल पुगेको थियो ।
आगो निभ्नुको सट्टा झनै फैलिन सुरु भएपछि थप २ वटा दमकल, खानेपानीका ट्यांकरहरु पुगेर आगो निभाएको हो । यसका लागि नेपाली सेना, सशस्त्र प्रहरीका अग्नीनियन्त्रक टोली र नेपाल प्रहरी खटिएका थिए । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग