मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मङ्गलबार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिए ।
मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको, सामाजिक अपराध बढ्दै गएकाले मदिरा निषेधित वडा घोषणा गरिएको हो । भेलाले लीलाधर जोशीको संयोजकत्वमा सात सदस्यीय मदिरा नियन्त्रण समिति र लक्ष्मीदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ ।
मदिरा निषेधित क्षेत्रमा कसैले मदिरा बिक्री वितरण गरेमा पहिलोपटकका लागि १५ हजार, कसैले ओसारपसार गरेमा पहिलोपटकका लागि १० हजार र मदिरा सेवन गरी होहल्ला गरेमा पहिलोपटकका लागि घटनाको प्रकृति हेरेर १ हजार ५ सयदेखि ५ हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो, तेस्रो सोही व्यक्ति दोहोरिएमा जरिवाना दोब्बर–तेब्बर हुने वडासचिव बोहराले जानकारी दिए ।
तीन पटकभन्दा बढी कसैले मदिराको कारोवार, ओसारपसार र सेवन गरेको पाइएमा सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णयसमेत भएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ