पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा पुगेको छ । मृतकले मर्नुअघि दिएको भिडियो बयानमा रविको टिमलाई दोषी किटान गर्दै सजायको माग गरेका छन् ।
रविसँग गत वर्ष निकै गम्भिर ढंगले मनमुटाव भएको किशोर श्रेष्ठ सम्पादक रहेको जनआस्थाले समाचार छापेको छः
भिडियो टेपमा भएको विवरणमा भनिएको छ, ‘मलाई रवि लामिछाने, अस्मिता (रुकु) कार्की र युवराज कँडेलले पछिल्लो पटक धेरै टर्चर दिए । तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने । कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पु¥याए । थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पु¥याउनुपर्ने । प्यारी सम्झना, मैले कसरी सक्नु ! रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ । केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ ।’ कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदारुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन्– ‘सम्झना, तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्काे बिहे गर, मलाई माफ गरिदेऊ ।’
https://www.facebook.com/pokharalover/videos/524250481731305/
आफूमाथि बुनिएको तानाबानाको पोल खोल्दै अगाडि उनी भन्छन्, ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी अस्मिता (रुकु) कार्कीको पछि लगाए । त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पु¥याइदिएँ । पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ । त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ । त्यसबापत मलाई उहाहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो । त्यसकारण म अब यस संसारमा यस्तैगरी बाचिरहन चाहन्नँँ ।’
नुवाकोट बेलकोटगढी–३ मा स्थायी घर भएका पत्रकार पुडासैनीले आत्महत्याको बाटो रोजेको विषय राजनीतिक, कानुनी र पत्रकारिता क्षेत्रमा चर्चाको विषय बनेको छ ।
पाँच वर्ष कैद र ५० हजार रुपैयासम्म जरिवाना
कसैको दबाब र प्रभावमा समेत आत्महत्या गरे उक्साउने व्यक्तिलाई सजायँको भागी बनाउनुपर्ने कानुन लागू भइसकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८५ ले त्यसरी दुरुत्साहन दिई आत्महत्या गराउने व्यक्तिलाई पाच वर्ष कैद र ५० हजार रुपैयासम्म जरिवानाको व्यवस्था गरेको छ । उपदफा (१) मा स्पष्ट भनिएको छ– कसैले कसैलाई आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।
एक वर्षअघि नै जारी भएको मुलुकी अपराध संहिताले आत्महत्या गर्न दुरुत्साहन गर्ने प्रवृत्तिलाई रोके पनि आजसम्म यसअन्तर्गत कसैलाई सजायँको भागी बनाइएको छैन । सम्भवतः पत्रकार पुडासैनी आत्महत्याको विषय कानुन कार्यान्वयन निकायका लागि पहिलो मुद्दा हुनेछ ।
http://gandaknews.com/patrakar-shalikram/
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन