पोखरा । मालपोत कार्यालय कास्कीका अधिकृत अविनाश कुँवर ५९ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साँझ पोखराको मुस्ताङचोकबाट उनलाई नियन्त्रणमा लिएको हो ।
एक सेवाग्राहीलाई अनेक बाहना बनाउँदै कुँवरले जग्गा पास सम्बन्धी फाइल लुकाइदिने, ढिला गरिदिने गरेको खुलेको छ । विना झण्झट जग्गा पास गरिदिने र कर छुटसमेत गरिदिने प्रलोभन देखाई उनै सेवाग्राहीसँग घुस लिँदा लिँदै कुँवर समातिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालय श्रोतले जनाएको छ ।
सेवाग्राहीले नै केन्द्रिय कार्यालयमा सूचना दिएपछि केन्द्रबाट पोखरा कार्यालयलाई जानकारी प्रापत भएपछि अख्तियार टोली मुस्ताङचोक पुगेको थियो । बेलुकी ६ बजेतिर कुँवर मोटरसाइकलमा आए । सेवाग्राहीले गाडीबाट पैसा झिकेर दिन लागे । सोहि क्रममा कुँवरलाई नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
गत वर्ष २३ असोजमा मालपोत कार्यालय कास्कीबाटै ५० हजार घुससहित कर्मचारी ख्याम नारायण पौडेल र खरिदार सञ्जय शर्मा समातिएका थिए ।
http://gandaknews.com/ghus-malpott/
http://gandaknews.com/ghus-pakrau-2/
http://gandaknews.com/license-banauni/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन