पोखरा । गत १२ जेठ, २०७६ मा एकसाथ ४५ एसपीको सरुवा भयो । कास्कीमा एसपी दानबहादुर कार्की आए, चितवनमा एसपी दानबहादुर मल्ल । दुवैको पद उही, नाम उही । अहिले चितवन शालिकराम पुडासैनी मृत्यु प्रकरणले तातेको छ । आत्महत्या दुरुत्साहन अभियोगमा चर्चित सञ्चारकर्मी रवि लामिछाने प्रहरी नियन्त्रणमा छन् । रविका समर्थकहरु अहिले प्रहरीसँग रुष्ट छन् ।
यही क्रममा चितवन प्रमुख एसपी दानबहादुर मल्ललाई रवि फसाउने कार्यमा संलग्न भन्दै आरोप समेत समर्थकहरुले लगाईरहेका छन् । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल आजका संकेत कोइरालालाई पनि समर्थकहरुले फसाउन खोजेको भन्दै आरोपित गरिरहेका छन् । रवि पत्नी निकिताले एसपी मल्ल, पत्रकार श्रेष्ठ र कोइराला विरुद्ध काठमाण्डौं महानगरीय प्रहरी परिसरमा जाहेरी दिन खोज्दा समेत प्रहरीले लिन मानेन । शालिकराम पत्नीको लिँदा क्षेत्राधिकार बाहिर नहुने ? मेरो लिने बेला बाहिरको हुने ? भन्दै पत्नी निकिता रुष्ट छिन् । हालसम्मको यही घटनाक्रम बीचमा प्रहरी विरुद्ध समर्थक चर्को रुपमा लागेको स्पष्ट हुन्छ ।
कास्की प्रहरीले तस्विर दुरुपयोग सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ । एसपी दानबहादुर मल्ललाई गाली गर्ने नाममा दानबहादुर कार्कीको तस्विर दुरुपयोग गरिएको प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
पत्रकारको ईमेलमा प्रेषित विज्ञप्तीमा उल्लेख छः
“ रबि दाइ लाइ फसाउने जिल्ला प्रहरी कार्यालय का प्रमुख उपरिक्षक दान बहादुर मल्ल एसपी नै हत्या गर्ने ब्यक्ति हुन भनि उनी माथि हतगणि लगाईएको छ यो सालो कुकुर हो दान बहादुर मल्ल एसपी RIP” लेखि यस जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीसंग १ दिन कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण गराउदा विद्यार्थीले हतकडी के हो, किन र कसरी लगाइन्छ भन्ने प्रश्नमा प्रहरी उपरीक्षक दान बहादुर कार्कीले आफ्नै हातमा हतकडी लगाई विद्यार्थीहरुलाई प्रशिक्षित गराउने अबस्थामा खिचिएको फोटो समाजिक संञ्जालहरुमा अपलोड गरी चरित्र हत्या हुने गरी प्रकाशन गरिएको पाईएको हुँदा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।
कुनैपनि सभ्य नागरिकले त्यसरी फोटो अपलोड, शेयर र कमेन्ट गर्दा कानुनी ब्यवस्था तथा ब्यक्तिगत र सामाजिक मर्यादा समेतलाई ध्यान दिनुहुन अनुरोध गर्दै त्यस्ता कानुन बिपरितका कार्य गर्नेलाई कानुन बमोजिम कारवाही हुने ब्यहोरा समेत अनुरोध गरिएको छ ।

बायाँ दानबहादुर कार्की, दायाँ दानबहादुर मल्ल
तस्विर सम्बन्धित समाचार यस्तो थियोः
http://gandaknews.com/sp-karki-std/
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु