पोखरा महानगरपालिका भित्रको मुख्य सडकमा नै खाल्टाखुल्टी बढेको छन् । पोखराको मुख्य सडक जिरो किलो मिटरदेखि लेकसाइड हल्लनचोकसम्म सय बढी खाल्टाखुल्टी परेका छन् । यस्तै पोखरा जिरो किलो मिटर विन्ध्यवासिनी मन्दिर खण्डको फिर्के खोला पुलको बिच सडकमै खाल्टा हुँदा सवारी चालकलाई समयस्या परेको छ । यो सडक खण्ड चार लेनको हो । तर फिर्के पुल दुई लेनको मात्र हुँदा यस क्षेत्रमा धेरै दुर्घटना पनि हुने गरेका छन् ।
यसैमा पनि पुलको बिचमै खाल्टा हुँदा झन धेरै समस्या पर्ने गरेको नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले बताए । पोखरा महानगरका भित्री सडकमा पनि खाल्टै खाल्टा छन् । सडक बनाउँदा गुणस्तरीय नहुने, सडक बनाएको केही महिनामै भत्कने, ४ इन्चको ’थिकनेस’ मात्रै भित्री गल्लीका सडक हुँदा ठूला गाडी चल्दा भत्कने समस्या रहेको उनले बताए । फुटपाथ बिनाको सडक समेत बन्दा फुटपाथमा हिँड्ने पैदल यात्रु मर्कामा परेका छन् उनले भने ।
पुलको बिचमा खाल्टो पर्दा ठूला सवारी साधनको टारयर खाल्टामा परेर झड्का दिँदा पुलमा समेत असर गर्ने इन्जिनियर बताउँछन् । पोखराका अन्य मुख्य सडकहरूको हालत पनि उस्तै रहेको अधिकारीले बताए । पोखरा महानगरपलिकाका मेयर मानबहादुर जिसीले चुनाव जितेर आएपछि महानगरपालिकाका सडकका खाल्टाका कारण सवारी चालकले दुःख पाउनु नपर्ने बताएका थिए । खाल्टाखुल्टी भएको २४ घण्टामै पुरिने पनि उनले सुनाएका थिए ।
पोखराका मुख्य सडक र पुलमा महिनौदेखि खाल्टा पर्दा पनि महानगरपालिका र सडक विभागले चासो नदिएको अधिकारीले बताए । पोखराको जिरो किलो मिटर देखि हल्लन चोकसम्म तीन महिना अघिदेखि सय बढी खाल्टै खाल्टाका कारण सवारी चालकले सास्ती पाउँदा पनि महानगरपालिकाले चासो नदिएको नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालले बताए ।
गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष घोषण गरी मनाइरहेको छ । पोखरा भ्रमणमा सवारी साधन लिएर आउने पर्यटकहरू सडकको खाल्टै खाल्टाका कारण समस्यामा परेको बरालले सुनाए ।
पोखरा महानगरपालिकाका सूचना अधिकृत गंगलाल सुवेदीले वर्षाअघि एक चरण सडकका खाल्टा पुर्ने काम सकिएको र वर्षापछि भएका नयाँ खाल्टा छिटै नै पुरिने बताए । यसका लागि बनाउनु पर्ने सडकको अध्ययन गरिसकेको उनको भनाई छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो