पोखरा । निरन्तर जनप्रतिनिधिको मात्रै सेवा सुविधा बढाएर चर्चामा रहेको गण्डकी सरकारले कर्मचारीलाई भ्रमण विदा दिने निर्णय गरेको छ । सरकारी पैसामा १ सातासम्म घुम्न पाउने गरी सरकारले कार्यविधि तयार गरेको हो । प्रदेश मातहतका सबै कर्मचारीलाई परिवार सहित घुम्ने ब्यवस्था सरकारले मिलाईदिएको हो ।
आफ्नो जिम्मेवारी प्रति उत्साह बढाउन र आन्तरिक तथा ग्रामिण पर्यटन क्षेत्रको प्रबद्र्धन र विकासका लागि कर्मचारीलाई घुम्नका लागि बजेट छुट्याएको हो । चालू बर्षमै खर्च हुने गरी सरकारले ९० लाख रुपैयाँ छुट्याएको छ । २०१९ लाई आन्तरिक पर्यटन भ्रमण बर्षको रुपमा मनाइरहेको सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । त्यसमै टेवा पुग्ने गरी कर्मचारीलाई घुम्ने पैसा छुट्याईएको सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए । मन्त्रीपरिषद् बैठकले विदा पर्यटन सम्बन्धी कार्यविधी पारित गरेको छ ।
‘बढीमा १ हप्तासम्मको काज विदा पाउँछन् । पर्यटनकै माध्यमबाट कर्मचारीलाई उत्प्रेरित गर्न र आन्तरिक तथा ग्रामिण पर्यटन प्रबद्र्धन गर्न यो ब्यवस्था गरिएको हो,’ कार्यविधिमा भनिएको छ । बस्नेतका अनुसार कर्मचारी भ्रमणमा जाँदा परिवारको कम्तिमा एक सदस्यलाई पनि सँगै लैजानुपर्ने छ ।
‘प्रदेश सरकारले नै तोकेको होमस्टे वा नेपाल सकारले पहिचान गरेका पर्यटकीय स्थलमा मात्रै जान पाईने छ,’ बस्नेतले भने, ‘त्यो पनि प्रदेशभित्रकै ठाउँ हुनुपर्छ । विदा पर्यटनमा जाँदा ब्यक्तिगत वा सामूहिक रुपमा पनि जान सकिने छ ।’ सबै कर्मचारीले आँफू कार्यरत कार्यालय रहेको गाउँपालिका वा नगरपालिका भन्दा भिन्न ठाउँमा जानुपर्ने छ भने कर्मचारीले आफु जान चाहेको ठाउँको सिफारिस पहिले नै जानकारी गराउनुपर्ने छ ।
गण्डकी प्रदेशमा हाल एक हजार सात सय ५२ जना कर्मचारी छन् । प्रदेशले कुल कर्मचारी दरबन्दी भने २ हजार एक सय २८ जना छ । सबै कर्मचारीले घुम्न जानका लागि एक महिनाको थप तलव बोनस स्वरुप पाउने छन् । विल भरपाई समेत बुझाउन नपर्ने गरी पैसा खर्च गर्ने ब्यवस्था मिलाईएको सरकारले जनाएको छ ।
तर कर्मचारीले यही रकमबाट २ वटा गन्तब्यको भ्रमण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । ‘रकम लिएर भ्रमण गर्न जानैपर्छ । गएनन् भने सरकारले पैसा फिर्ता लिन्छ,’ प्रबक्ता बस्नेतले अघि भने, ‘वहाँहरुले फिर्ता गर्नुभएन भने तलवबाटै सरकारले असुल गर्न सक्छ ।’ भ्रमण खर्च सम्बन्धीत कर्मचारीको तलव स्केल अनुसार नै हुने छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो