पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अभियुक्त बनाइएका रवि लामिछाने र युवराज कँडेललाई पुनः जिल्ला अदालतमा उपस्थित गराइएको छ । बयान लिनका लागि कँडेल र लामिछानेलाई अदालतमा उपस्थित गराइएको हो । जिल्ला अदालत स्रोतका अनुसार अहिले युवराज कँडेलको बयान शुरु भइसकेको छ ।
२६ जना वकिलले बहस गर्ने
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको थुनछेक बहसमा २६ जना अधिवक्ताहरुले आफ्नो दलिल पेश गर्ने भएका छन् । जिल्ला अदालत चितवन स्रोतका अनुसार वादी र प्रतिवादीका तर्फबाट बहस गर्न भनेर कूल २६ जना वकिलहरुले आफ्नो वकालतनामा पेश गरेका छन् ।
वादी नेपाल सरकारको तफर्पबाट जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्मा नेतृत्वमा सरकारी वकिल र कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन् । यस्तै प्रतिवादीहरुमध्ये रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तलगायतले बहस गर्दैछन् ।
१० दिन लामो प्रहरी अनुसन्धान पछि जिल्ला सरकारी वकिल कार्यालय चितवनले आइतबार टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा अभियोग पत्र दायर गरेको थियो । अभियोग पत्र दायर भएपछि जिल्ला अदालत चितवनले अभियुक्तहरुको बयान लिन शुरु गरेको थियो । सोमबार रवि र कँडेलको बयान सकेर थुनछेक बहस शुरु हुने संभावना छ । तर, सोमबार नै बहस सकिने संभावना भने कम रहेको अदालत स्रोतले खबरहबलाई जानकारी दियो ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण