प्रधानमन्त्री केपी शर्मा ओली भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक चलाएका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीले विदेश भएका बेला सोमबार पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषदको बैठक बस्दै गरेको फोटो पोस्ट गरेका छन्। प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन सापकोटाले पनि फोटो पोस्ट गर्दै प्रधानमन्त्री मन्त्रिपरिषद् बैठकमा सरिक रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै प्रविधि र प्राविधिकलाई धन्यवाद दिएका छन्। ‘मन्त्रिपरिषद्का सबै सहभागी र सचिवालयका सहयोगीलाई धन्यवाद’, ओलीले ट्वीट गरेका छन्।
सरकारप्रति जनताको वितृष्णा बढेका बेला किन यस्तो देखावटी तामझाम ?: कमल थापा
बैठक प्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारप्रति जनताको वितृष्णा बढेका बेला किन यस्तो देखावटी तामझाममा प्रधानमन्त्रीलाई प्रोत्साहित गरिएको भन्दै प्रश्न गरेका छन् ।
अध्यक्ष थापाले देशमा आपतकाल र वितिहाल्ने कुनै काम नरहेको बेला पनि यस्तो तामझाम देखाउनुको कुनै औचित्य नरहेको बताउनुभयो । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालको ट्विटमा जवाफ दिँदै प्रधानमन्त्रीलाई तपाईले त सही सुझाव दिनपर्ने हो नि भन्दै तामझाम देखाइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ मा प्रधानमन्त्रीको अनुपस्थितिमा आपतकालीन अवस्थामा मात्रै मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था भएकोमा त्यसमा संशोधन गर्दै प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फरेन्सिङ प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था राखिएको थियो ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु