काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगले छलफलको विषय बनाउनुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यदि पार्टी नेताको बारेमा कुनै नेता, कार्यकर्ताले सार्वजनिक रुपमा टिप्पणी गरे स्पष्टिकरण साध्ने र कारबाही गर्ने निर्णय भएको उनले बताए ।
‘हाम्रो पार्टीको नेता कार्यकर्ता वा अन्य कुनै कमरेडको बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ, पार्टीभित्र छलफलको विषय बनाउनुपर्नेछ’ बैठकपछि पत्रकारसँग श्रेष्ठले भने ‘यसलाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ ।’
नेकपाको केन्द्रीय समितिमा ४ जना थपिए
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पराजुली र धमला तत्कालिन नयाँ शक्ति पार्टीबाट र राईद्वय विप्लव समूहबाट नेकपा प्रवेश गरेका हुन् । यसअघि नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय थियो । नयाँ चार जना थपिएपछि नेकपा केन्द्रीय समिति ४ सय ४५ सदस्यीय भएको छ ।
नेकपाको विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएका मध्यबाट १० प्रतिशतलाई केन्द्रीय समितिमा लैजान सकिने व्यवस्था रहेको श्रेष्ठले बताए ।
सम्बन्धित खबर
शिक्षामन्त्री पुनले भने- कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले !
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
आगजनी गर्ने बानी भयो भने भोलि जो कोहीले जो कसैलाई जलाउन सक्ने चिन्ता भएको छ: प्रधानमन्त्री
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’