कीर्तिपुर नगरपालिकाले भेटघाट गर्न शिष्ट र मर्यादित पोसाकमा आउन अनुरोध गर्दै हाफ पाइन्ट तथा भड्किला लुगा लगाउन रोक लगाएको छ भने भेट्ने समय पनि तोकिदिएको छ। नगरपालिकाले सूचना निकाल्दै मेयर र उपमेयरलाई भेट्न त्यस्ता पोसाक लगाउन नपाउने र २ बजेपछि मात्रै भेट्न पाउने निर्णय गरेको हो।चिनजानका मान्छेहरू मनपरी समयमा आउने र अमर्यादित ढंगले हाफ पाइन्ट लगाएर आउन थालेपछि यस्तो सूचना निकाल्न परेको नगरपालिकाले जनाएको छ।
‘सेवाग्राहीभन्दा पनि बढी चिनजानका मान्छेहरू कार्यालयभित्र हाफ प्याइन्ट लगाएर आउन थाले, त्यसलाई निरुत्साहित गर्नका लागि सूचना निकालेका हौं,’ कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले भने,‘हाफ पाइन्ट पनि मनपरी ढंगको भएपछि बाध्य भएका हौं।’
किसान तथा अन्य सेवाग्राहीभन्दा पनि आफ्नै चिनजानहरूलाई आफूले भन्दा भन्दा थकित भएपछि सूचना निकालिएको प्रमुख महर्जन बताउँछन्। नगरपालिकाले यसरी सूचना निकालेपछि आलोचना भइरहेको छ। कतिपयले सुट-पाइन्ट लगाएर आउन पर्ने लगायतका अनेक अर्थ लगाएको प्रमुख महर्जनले गुनासो गरेका छन्। साथै, आवश्यक कामकाजका लागि आएका जो कोहीलाई पनि भेट्न रोकतोक नभएको बताएका छन्।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन