कीर्तिपुर नगरपालिकाले भेटघाट गर्न शिष्ट र मर्यादित पोसाकमा आउन अनुरोध गर्दै हाफ पाइन्ट तथा भड्किला लुगा लगाउन रोक लगाएको छ भने भेट्ने समय पनि तोकिदिएको छ। नगरपालिकाले सूचना निकाल्दै मेयर र उपमेयरलाई भेट्न त्यस्ता पोसाक लगाउन नपाउने र २ बजेपछि मात्रै भेट्न पाउने निर्णय गरेको हो।चिनजानका मान्छेहरू मनपरी समयमा आउने र अमर्यादित ढंगले हाफ पाइन्ट लगाएर आउन थालेपछि यस्तो सूचना निकाल्न परेको नगरपालिकाले जनाएको छ।
‘सेवाग्राहीभन्दा पनि बढी चिनजानका मान्छेहरू कार्यालयभित्र हाफ प्याइन्ट लगाएर आउन थाले, त्यसलाई निरुत्साहित गर्नका लागि सूचना निकालेका हौं,’ कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले भने,‘हाफ पाइन्ट पनि मनपरी ढंगको भएपछि बाध्य भएका हौं।’
किसान तथा अन्य सेवाग्राहीभन्दा पनि आफ्नै चिनजानहरूलाई आफूले भन्दा भन्दा थकित भएपछि सूचना निकालिएको प्रमुख महर्जन बताउँछन्। नगरपालिकाले यसरी सूचना निकालेपछि आलोचना भइरहेको छ। कतिपयले सुट-पाइन्ट लगाएर आउन पर्ने लगायतका अनेक अर्थ लगाएको प्रमुख महर्जनले गुनासो गरेका छन्। साथै, आवश्यक कामकाजका लागि आएका जो कोहीलाई पनि भेट्न रोकतोक नभएको बताएका छन्।
सम्बन्धित खबर
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु: ४ घाइते, ३ बेपत्ता
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु