आर्थिक अवस्था कमजोरी भएको परिवारकी एक १५ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन् ।
काठमाडौंको कागेश्वरी मनोहरा स्थायी घर भइ काठमाडौं महानगरपालिका–१८ बस्दै आएका २८ वर्षीय सुमन खड्कालाई पाटन उच्च अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।
पाटन उच्च अदालतको १० कात्तिक २०७१ को आदेशबाट दोषी ठहर भएका खड्का त्यसयता फरार थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट खटिएको टोलीले खड्कालाई काठमाडौंबाट पक्राउ गरेको हो ।सिआईबीका अनुसार खड्काले परियार थरकी १५ वर्षीया बालिकालाई विवाह गर्ने भन्दै जबरजस्ती करणी गर्दै आएका थिए ।
सिआईबीका खड्काले ६ जेठ २०६९ मा काठमाडौं महानगरपालिका–१८ स्थित आफ्नै घरमा बोलाएर ती बालिकामाथि बलात्कार गरेका थिए ।प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले खड्कालाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो । पछि, उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेशलाई उल्टी गर्दै खड्काविरुद्ध ४ वर्ष ५ दिन १ महिनाको कैद सजाय सुनाएको थियो ।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन