काठमाडौ– नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा खुला गर्न माग गरेको छ ।
नाटाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भई आएका सचिव केदारबहादुर अधिकारीलाई भेटेर हवाई ट्राफिक जाम कम गर्न २४ सै घण्टा सञ्चालन गर्न माग गरेको हो । भेटमा नाटाका अध्यक्ष सीएन पाण्डेले विदेशी पर्यटकको नेपाल प्रवेशको प्रमुख थलो विमानस्थल भएकाले छिटो, छरितो, सरल र सहज हिसावले सुविधा दिनुपर्ने बताएका हुन् ।
नाटाले पर्यटन क्षेत्रलाई सबल बनाउन बाराको निजगढ विमानस्थल निर्माणको काम शुरु गर्नुपर्ने तथा निर्माणाधीन पोखरा र भैरहवा विमानस्थललाई समयमै सम्पन्न गर्नुपर्ने मागसमेत गरेको छ । विराटनगर र धनगढी विमानस्थलको स्तरोन्नतिसमेत गर्नुपर्ने बताएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन दुई चार वटा न्यारोबडी र दुईवटा वाइडबडी विमान खरीद साथै टुरिष्ट बस टर्मिनल निर्माण चाँडो निर्माण गर्नुपर्ने बताएको छ ।
भेटपछि सचिव अधिकारीले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि नाटाले राखेको माग सकारात्मक रहेको भन्दै उक्त मागलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले नेपाल भ्रमण वर्ष सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेका थिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने