काठमाडौं । पोर्चुगिच फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले अर्जेन्टाइन स्टार लियोनल मेस्सीसंग डिनर खाने चाहना व्यक्त गरेका छन् । मोनाकोमा भएको युरोपियन फुटबलर प्येयर अफ द सिजनको अवार्ड वितरण कार्यक्रममा साथमा रहेका रोनाल्डोले मेस्सीसंग अहिलेसम्म डिनर नखाएको भन्दै भविष्यमा डिनर खाने बताएका छन् ।
च्याम्पियन्स लिग फुटबलको ड्रसमेत सार्वजनिक भएको कार्यक्रममा रोनाल्डो र मेस्सी साथमा बसेका थिए । दुवै जना युएफए प्लेयर अफ द सिजनको नोमिनेशनमा थिए । बाजी भने भर्गिल भान डाइकले मारेको थिए ।
३४ वर्षे रोनाल्डोले आफूहरुबीच लामो समयदेखि व्यवसायिक टक्कर भए पनि साथमा मज्जा लिनु पनि पर्ने बताए । युएफएको स्टेज उनीहरुले आपसमा १५ वर्ष साझेदारी गरेका छन् । उनले भने, ‘म निकै उत्साही छु किनकि हामीले १५ वर्ष यो स्टेज साझेदारी गरिसकेका छौं ।’
लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ड्र सार्वजनिक समारोहमा निकै हार्दिकतापूर्वक आफ्नो प्रतिद्वन्द्वीताबारे कुराकानी गरे । मेस्सीले बार्सिलोना र रोनाल्डोले रियल मड्रिडको प्रतिनिधित्व गर्दा उनीहरु एक दशकसम्म चिरप्रतिद्वन्द्वी रहे । बालोन डि’ओरमा पनि उनीहरुले नै कब्जा जमाए ।

गत सिजन रोनाल्डो स्पेन छाडेर इटालियन क्लब युभेन्टसतिर लागे भने लगातार दोस्रो वर्ष उत्कृष्ट खेलाडीको दौडमा दुवै पछि परे । गत सिजन रियल मड्रिडका लुका मोडरिच र यो सिजन लिभरपुलका भर्जिल भान डाइकले बाजी गरे ।
मेस्सी भन्छन्, ‘रोनाल्डो ला लिगामा हुनु राम्रो थियो, किनकी उनी रियल मड्रिडमा थिए ।’ रोनाल्डोले पनि मैदानमा चिरप्रतिद्वन्द्वी भएपछि मेस्सी र आफ्नो सम्बन्ध राम्रो भएको बताका छन् । उनले भने, ‘म स्पेनमा खेलेको मिस गर्छु । मेस्सी र मेरो कडा प्रतिस्पर्धा थियो । हामीले एकअर्कालाई अझ राम्रो गर्न सहयोग पनि गर्यौं । हाम्रो प्रतिद्वन्द्विता फुटबल इतिहासकै उत्कृष्ट मध्येमा पर्छ ।’
दुवै खेलाडीले पाँच पाँच वटा बेलोन डेओर उपाधि जितिसकेका छन् । यो सिजनमात्र डाइकले बाजी मारेका हुन् । रोनाल्डोले आफूले स्पेनको खेल मिस गरिरहेको बताएका छन् । उनले मेस्सी र आफूले जीवनमा एक इतिहास रचेको पनि बताएका छन् ।

सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ