पोखराको विजयपुर खोलामा रहेका दुई वटा पुलबाट निर्माण सामाग्री ल्याउन नपाएपछि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य प्रभावित भएको छ । आयोजना निर्माणका लागि आवश्यक सामान ल्याउन नपाएपछि विमानस्थल निर्माण कार्य प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ । चाइनिज कम्पनीका ६ वटा ट्रक बिगत ४ दिनदेखि पोखराको गगनगौडाको सडकमै अलपत्र अवस्थामा रहेको चाइनिज कम्पनी सिएएमसीका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागाइँले बताए । हाल कम्पनीका ३६ टन भारवान क्षमताका गाडीहरू सडकमै रोकिन पुगेको उनले जनाए ।
निर्माण स्थलमा निर्माण सामग्रीहरू ल्याउन कसैले पहल नगरेको उनले गुनासो गरे । १० टन भारवाना क्षमताको मोटरेवल पुल जोखिमका कारण त्यसको विकल्पमा हाल ३५ टन भारवान क्षमताको बेलिवृज निर्माण भएका छन् । तर विमानस्थलका सामानहरू ३५ टन भन्दा बढी क्षमताका भएकाले आयोजनास्थलमा ल्याउन नपाएको जनसम्पर्क अधिकृत चापागाईले बताए । उनका अनुसार हाल टर्मिनल भवन निर्माणको काम प्रभावित भएको छ । दैनिक २ सय जना नेपाली र ३ सय ५० जना चिनियाँ कामदार विमानस्थल निर्माणमा लागेको चापागाईले बताए । ‘हामीले पटक पटक गरी करिब ७÷८ पटकसम्म डाईभर्सन पुल बनायौं तर खोलाले बगाएपछि निर्माण सामग्री ल्याउन कठिन भएको छ’, उनले भने । आजको कारोबार दैनिकमा दिननाथ बरालले खबर लेखेका छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो