छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले १३ वर्ष कैदको फैसला गरेको छ । १२ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका-४ का ३३ वर्षीया झड्केलो बाबुलाई १३ वर्ष कैद गर्ने फैसला गरेको हो ।
अदालतले १ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश गरेको छ ।
जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबारको इजलासले नाबालिकालाई जबर्जस्तीकरण गरेकोमा १२ वर्ष र हाडनातामा बलात्कार गरेको थप १ वर्ष गरेर १३ वर्ष कैदको फैसला गरेको अदालतका श्रेस्तेदार केशवकुमार कौशिकले बताए । बालिका २०७५ असार १५ गते घरमै बलात्कृत भएकी थिइन् । झड्केलो बाबु भीमफेदी कारागारमा छन् ।
यसैगरी, न्यायाधीश श्रेष्ठको इजलासले हेटौंडा उपहानगरपालिका-१९ का राजकुमार गोलेसहित ५ जनालाई मकाउ पठाईदिन्छु भनी ठगी गरेका मनहरी गाउँपालिका-२ का गौतम स्याङ्तानलाई १ वर्ष कैद र १० हजार जरिवाना गर्ने फैसला गरेको छ । स्याङ्तानबाट पीडितहरुलाई ६ लाख ९३ हजार रुपैयाँ विगो भराउने अदालतले आदेश गरेको छ ।
२०७४ मंसिर २५ गते पीडितहरुबाट गौतमले ६ लाख ९३ हजार रुपैयाँ लिएका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन