पोखरा । पोखरामा १० जना ट्राफिक प्रहरी सहित ४ सय ३९ जनामा डेंगू देखिएको छ । यो संक्रमण उपचार गर्न खटिएका अस्पतालका डाक्टर र नर्समा समेत डेंगू भेटिएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर ८ र वडा नम्बर ९ मा डेंगूको संक्रमण बढी देखिएको हो । डेंगू पोथी लामखुट्टेले टोक्दा सर्ने भाइरल संक्रमण हो ।
वडा नम्बर ८ र ९ मा ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीमा लामखुट्टेले टोकेर भाइरल संक्रमण डेंगू देखिए पछि पोखराका विभिन्न अस्पताल र नेपाल प्रहरी अस्पताल काठमाडौंमा समेत उपचार भइरहेको जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए । कास्कीमा ९२ जना ट्राफिक प्रहरी कार्यरत छन् । थप ५ जना पनि लामखुट्टे जन्य भाइरल संक्रमण डेंगूकै सिम्ट्रम देखिएको उनले बताए ।
विभिन्न जिल्लाबाट पोखरा प्रवेश गर्ने पृथ्वीचोक बस पार्क वडा नम्बर ९ मा पर्दछ । वडा नम्बर ९ मा १ सय १८ जनामा लामखुट्टे जन्य भाइरल संक्रमण डेंगू देखिएको जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए । वडा नम्बर ९ सँगै जोडिएको वडा नम्बर ८ मा १ सय ५ जनामा यो संक्रमण देखिएको उनले जानकारी दिए ।
पोखरा महानगरपालिकाको ३३ वडा मध्येमा २७ वटा वडामा लामखुट्टे जन्य भाइरल संक्रमण डेंगू देखिएको उनले बताए । एडिस एजेप्टाई र एब्लो पिक्टस जातको पोथी लामखुट्टेले टोकेको तीन देखि १४ दिनमा डेंगूको लक्षण देखिन्छ ।
वर्षा याममा पानी जम्ने थोत्रा टायर, टिनका बट्टहरु, खाली ड्रम, गमला, फुलदानी, आदिमा पानी जम्दा त्यहा यो फैलाउने लामखुट्टेले फुल पार्ने र यसको संक्रमण झन बढ्ने खतरा हुने भएकोले घर वरपर सरसफाईमा ध्यान दिनु पर्ने बरालले बताए ।
दिउसो टोक्ने कालो रंगको डेंगू फैलाउने लामखुट्टेको जिउँमा सेतो पट्टी हुन्छ । डेंगूको संक्रमण भएमा चिसो लाग्नुको साथै टाउको दुख्ने, ज्वरो आउने, हाड तथा जोर्नी दुख्नु, आँखा दुख्नु, वाकवाकी लाग्नु वान्ता हुनु रगत बग्नु वा रगतको रैश देखिनु लगायतका लक्षण देखिने गर्दछ ।
सम्बन्धित खबर
फेवातालमा बेपत्ता युवकको शव फेला
पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्