मुस्ताङको दामोदरकुण्ड ल्योघेकर गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा ¥याफ्टिङ (जलयात्रा) सञ्चालनको लागि परीक्षण गरिएको छ ।
गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको पहलमा चराङदेखि घिलिङ सम्मको कालीगण्डकी नदीमा जलयात्राको परीक्षण गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० र आन्तरिक भ्रमण वर्ष २०१९/२२ लाई लक्षित गरेर कालीगण्डकीमा जलयात्राको सम्भाव्यता अध्ययन गर्न परीक्षण गरिएको सांसद विष्टले बताए।
चराङदेखि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुस्ताङ गेट भन्ने ठाउँसम्म जलयात्रा सञ्चालन गर्ने योजना छ । परीक्षणकारुपमा हालै तीनवटा डुङ्गामा २६ जना सहभागी भएर जलयात्रा गरिएको थियो । प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री किरण गुरुङ पनि जलयात्रामा सहभागी भएका थिए।
करीब १६ किलोमिटर दूरीमा जलयात्रा गरिएको थियो । मध्य भागमा पर्ने घिलिङको खोचमा साघुरो भएकाले जोखिम भएपछि अन्य ठाउँमा जलयात्राको सम्भावना देखिएको सहभागी प्राविधिकले बताएका छन् ।
मुस्ताङमा पहिलो पटक जलयात्रा गरिएको हो । जलयात्राको परीक्षणका लागि पर्यटन बोर्ड र उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले सहयोग गरेका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ