पोखरा । पोखराका दुई वटा विद्यालय देशभरकै उत्कृष्ट विद्यालय बनेका छन् । एक सामुदायिक र एक संस्थागत गरी दुई वटा विद्यालय उत्कृष्ट विद्यालयको छनौटमा परेका हुन् । उत्कृष्ट बन्नेमा सामुदायिकतर्फ अमरसिंह मावि र संस्थागततर्फ एसओएस हर्मन माईनर रहेका छन् ।
शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गर्नेछ । यसरी उत्कृष्ट बन्नेमा कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी देशभरका १२ विद्यालय रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
जस अनुसार ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा’ अन्तर्गत कक्षा १२ सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ अमरसिंह मावि, मोरङ् ईन्द्रपुरको सुकुना मावि र पर्वत फलेवासको भवानी विद्यापीठ क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
यस्तै सोही समूह अन्तर्गत संस्थागत तर्फ क्रमशः कास्कीकै एसओएस हर्मन माईनर प्रथम, काभ्रे सांगाको नेपाल प्रहरी मावि द्धितीय र काठमाडौं माईतीघरको सेण्ट जेभिष्सै कलेज तृतीय भएका छन् ।
यसैगरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० तर्फ सामुदायिकमा मेधा सामुदायिक विद्यालय तेखापुखु भक्तपुर, रेसुङ्गा मावि तम्घास गुल्मी र तरुणमावि बालाजु काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
यही समूहका संस्थागत तर्फ रिलायन्स ईण्टरनेशनल एकेडेमी कपन काठमाडौं, नेपाल प्रहरी मावि साँगा काभ्रे र भ्याली भ्यु ईङ्लीस स्कुल नयाँ बनेश्वर काठमाडौं क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
तोकिएको मापदण्डका आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट छनौट गरी पठाईएका विद्यालयलाई पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ ।
सामुदायिक र संस्थागत दुवै तर्फ उत्कृष्ट बनेका सबै विद्यालयलाई आगामी भदौ २२ गते परेको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसका दिन काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने बताइएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला