प्रहरीको हुँ भन्दै रकम असुल्न खोज्ने २ जना पक्राउ

प्रहरीको हुँ भन्दै रकम असुल्न खोज्ने २ जना पक्राउ

Police

प्रतिकात्मक चित्र

काठमाडौं । प्रहरी हुँ भन्दै अवैधरुपमा रकम असुल्न खोज्ने दुईजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा टेकुको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं सामाखुशी बस्ने तेह्रथुम आठराई गाउँपालिका-१ का २७ वर्षीय भक्तबहादुर लिम्बु र ताप्लेजुङ ताप्लेथोकका ३१ वर्षीय हिमाल लिम्बु रहेका छन् । प्रहरीले भक्तलाई काठमाडौं हलचोक र हिमाललाई क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

उनीहरुले अपराध महाशाखाको प्रहरी सहायक निरीक्षक (असई) भएको भन्दै काठमाडौं स्वयम्भू गैरीगाउँका धर्म गुरुलाई डर-धम्की देखाइ रकम असुल गर्न खोजेको प्रहरीले बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ