कैलाली । धनगढीको चटकपुरबाट प्रहरीले हतियार र सुनसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना सोही ठाउँका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान सिक्सर र दुई थान कटुवा सुनका गहना, तमसुक र राष्ट्र बैंकका नक्कली कागजातलगायतका सामाग्री बरामद गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सञ्जय रानाको केही बर्ष अगाडि धनगढीको मट्यारीमै सामान्य घर थियो । एकाएक उनले आलिसान घर बनाए, कार चढ्न थाले, ठूला होटलहरुमा भोज भतेरको कार्यक्रम समेत आयोजना गर्न थाले ।
देखिने गरी कुनै पनि कारोवारमा संग्लन नभए पनि उनको जीवनशैली एकाएक फेरिएको थियो । छिमेकीले सोध्दा जग्गाको कारोबार गर्छु भन्दै उनी सहजै जवाफ दिन्थे । तर अहिले उनी पक्राउ परेपछि द्वन्द्वकालदेखि नै हतियारको कारोवारी रहेको स्रोतले बताएको छ ।
अवैध हातहतियारको कारोबारका लागि उनले भारतमा पनि राम्रो सम्वन्ध बनाएका थिए । यो क्षेत्रमा अपराधिक गतिविधिका लागि कसैलाई हतियार आवश्यक भए उनले नै विक्री गर्दै आएका थिए । उनले यस बीचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुसंग उठबस र राम्रो सम्बन्ध पनि बनाएका थिए । द्वन्द्वकालमा पनि तत्कालीन माओवादीका यस क्षेत्रका शीर्ष नेताहरुसंग उनले राम्रो सम्वन्ध बनाएको स्रोतले बतायो ।
स्रोत भन्छ, ‘उनी यो क्षेत्रै ठूलो जग्गा दलाल समेत हुन्, सस्तोमा जग्गा खरिद गरेर, वरपरको जग्गा हड्प्नका लागि उनले धम्की दिने गरेका थिए ।’
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु