पोखरा । पोखरामा झण्डै ८ सय जनालाई डेंगु संक्रमण भएको छ । महिनादिन अवधिभित्रै यति धेरै संख्यामा संक्रमण बढ्दै गएकाले सचेत रहन आग्रह गरिएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगु फैलिएको छ । प्रदेश राजधानी पोखरा सबैभन्दा बढी जोखिममा छ । गण्डकीका कास्की सहित, स्याङ्जा, तनहुँ, पर्वत, म्याग्दी, नवलपूरमा डेंगुको संक्रमण भएका बिरामीहरु भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । नवलपुरमा एक बृद्धाको मृत्यु भएकोमा डेंगुकै आशंका गरिएको छ ।
पोखरा महानगरपालका सहित कास्की जिल्लाका चार गाउँपालिका अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ«े गाउँपालिकाबाट समेत लामखुट्टे जन्य भाइरल संक्रमण डेंगु देखिएको जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिएका छन् ।
पोखराका विभिन्न अस्पतालमा शुक्रबारसम्म ७ सय ९१ जना डेंगु संक्रमण भएका बिरामीको उपचार गराइरहेको बरालले बताए।पोखरा महानगरपालिकाको ३३ वडा मध्ये ३२ वडामा यो संक्रमण देखिएको उनले जानकारी दिए। संक्रमितमध्ये करिब ५० जना छिमेकी जिल्लाबाट पोखराका अस्पतालमा उपचार गराउन आएको उनले जानकारी दिएको अन्नपूर्ण पोष्ट दैनिकमा कृष्णमणि बरालले लेखेका छन् ।
यो संक्रमण उपचार गर्न खटिएका अस्पतालका डाक्टर र नर्सलाई समेत देखिएको छ। वडा नम्बर ८ र ९ मा ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीमा लामखुट्टे जन्य भाइरल संक्रमण डेंगु देखिए छ। एडिस एजेप्टाई नाउ गरेको पोथी लामखुट्टेले टोकेको तीनदेखि १४ दिन सम्ममा डेंगुको लक्षण देखिन्छ। डेंगू नियन्त्रण गर्न जनस्वास्थ्य कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय नागरिक र स्वंसेवीको सहयोगमा सचेतना कार्यक्रम गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
नागरिकहरु सचेत भएर बेलैमा अस्पतालमा उपचारमा गइरहेकोले अहिलेसम्म डेंगुका कारण अप्रिय घटना भएको छैन । वर्षा याममा पानी जम्ने थोत्रा टायर, टिनका बट्टहरु, खाली ड्रम, गमला, फुलदानी, आदिमा पानी जम्दा त्यहा यो फैलाउने लामखुट्टेले फुल पार्ने र यसको संक्रमण झन बढ्ने खतरा हुने भएकोले घर वरपर सरसफाईमा ध्यान दिनु पर्ने बरालले बताए।दिउँसो टोक्ने कालो रंगको डेंगु फैलाउने लामखुट्टेको जिउँमा सेतो पट्टी हुन्छ। डेंगूको संक्रमण भएमा चिसो लाग्नुको साथै टाउको दुख्ने, ज्वरो आउने, हाड तथा जोर्नी दुख्नु, आँखा दुख्नु, वाकवाकी लाग्नु वान्ता हुनु रगत बग्नु वा रगतको रैश देखिनु लगायतका लक्षण देखिने गर्दछ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’