पोखरा । नेपाली साङ्गीतिक समूहको चर्चित दार्जिलिङे रक ब्याण्ड ‘मन्त्र ब्याण्ड’ का टोली चढेको स्कार्पियो दुर्घटनामा परेको छ । पोखरा १८, सराङकोटमा आईतबार राति ८ बजेतिर ग १ ञ ७९५ नम्बरको स्कार्पियो ब्रेक फेल भई भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । दुर्घटनामा तीन जना दार्जिलिङका र एक जना धादिङका गरी ४ जना घाईते भएका हुन् ।
‘रक एण्ड रोल’ सङ्गीतमा निकै लोकप्रिय यस ब्याण्डका भोकलिष्ट भाष्कर देवान सहित गिटारिस्ट प्रज्ञा लामा, निमा भुटिया र गाडी चालक धादिङ नौबिसेका ईश्वर तामाङ घाईते भएको प्रहरीले जानकारी दिएको छ । ४३ वर्षीय भाष्कर देवानको निधारमाथिको भाग टाउकोमा चोट लागेको छ । २६ वर्षीय प्रज्ञा र निमाको पनि टाउकोमा चोट लागेको छ । चालक तामाङको दाहिने हातमा चोट लागेको छ । घाईते सबैको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ । सबै जना खतरामुक्त रहेको अस्पताल श्रोतले जनाएको छ ।
मन्त्र ब्याण्ड दार्जिलिङमा स्थापित ब्याण्ड हो । मन्त्र ब्याण्डका वर्तमान सदस्यहरूमा भास्कर देवान, प्रज्ञा लामा, बिर्जु चौधरी, मनिष थापा, विधान थापा, प्रभाष सुब्बालगायत छन् । वीर गोर्खाली, एकान्तमा, संस्कृति, हिमाली नेपालीलगायतका गीतहरु युवा पुस्तामाझ निकै चर्चित रहेका छन् ।
सम्बन्धित खबर
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
सुरक्षा पालुवाको १८ औं स्थापना दिवसमा भवन उद्घाटन एवम् रक्तदान
मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै, ३ बजेपछि प्रदेश सभा बैठक
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग