नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुइतिहाईको भरमा सरकारले अदालत र अख्तियारलाई तर्साएर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रमको पोखरामा मंगलबार उद्घाटन गर्दै नेता पौडेलले अदालतले गरेका फैसलाहरु बाँझिनु भनेको दुइतिहाईकै हस्तक्षेप भएको बताए ।

उनले भने, दुइतिहाई देखाएर अदालतलाई तर्साउने, दुइतिहाइ देखाएर अख्तियारलाई तर्साउने काम भएको । एनसेलबारे अदालतले गरेको निर्णयमा सरकार किन बोल्दैन ? उनले प्रश्न गरे, सरकार किन ठूला माछा समाउन सक्दैन ? एनसेल र वाईडबडीमा भएको भ्रष्टाचारमा अख्तियार परेको छ । साना माछा समाउँछन् । ठूला शासकलाई कारबाही गर्न सक्दैन । सरकारको काम कारबाहीबाट जनता असन्तुष्टि छन् । यसैले पनि सरकार पूर्ण रुपमा असफल भएको उनले आरोप लगाए ।

उनले भने, सत्तामा पुग्ने बेला सपना बाँडे, तर सपना अनुसारको काम नगरेको हुँदा जनतामा निराशा छाएको छ । ‘सरकारले सामान्य काम पनि गर्न सक्दैन । देशमा डेंगुको महामारी छ, तर नियन्त्रण गर्ने क्षमता सरकारमा छैन,’ पौडेलले भने । सरकारको काम कारबाहीले संविधानको मर्मलाई आघात पु¥याउने काम भएको समेत उनले आरोप लगाए ।
उनले वीपीले देखाएको बाटो अंगिकार गरेमात्र काँग्रेसका सपना पूरा हुने बताए । उनले वीपीभन्दा ठूलो समाजवादी हुँ भन्ने कम्युनिष्ट देशको शासन गरे पनि उनीहरुले पक्षपातको शासन गरिरहेको बताए । उनले भने, आफ्नै कार्यकर्तालाई पोस्न मनी र मसलको प्रयोग गररहेकेका छन् । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीले दिएको उम्मेदवारलाई भोट हाल्न काँग्रेसलाई निर्देशन दिए । उनले काँग्रेस हुँ भन्नेले रुखमा भोट दिए जित सुनिश्चित हुने बताए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य वृन्दादेवी रानाले जागरण अभियानबाट काँग्रेस एक ढिक्का भएको सन्देश जाने बताइन् । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले वीपीको समाजवादले मात्र देशको समृद्ध हुने बताए ।
काँग्रेस नेता एव प्रदेश सांसद बिन्दुकुमार थापाले कम्युनिष्टले सत्ताको दुरुपयोग गरेकै कारण जनता जागरुक भएको दाबी गरे । काँग्रेस क्षेत्र नं २ क्षेत्रीय सभापति माधव बास्तोला मधुले काँग्रेसको उपनिर्वाचन लक्षित गरेर काँग्रेस जागरण अभियानमा जनतामाझ जाने बताए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय प्रतिनिधि हरिप्रसाद श्रेष्ठ, ध्रव वाग्लेले पार्टी एक ढिक्का बनाउन जागरण अभियालने भूमिका खेल्ने बताए । काँग्रेस कास्की क्षेत्र २ (क) का सभापति विजयराज आचार्य, वडा इकाइ सदस्य मुनाकुमारी बास्तोला, क्षेत्र २ ख का सभापति दीपेन्द्र मर्सानी, क्षेत्रीय सचिव शंकर बास्तोला लगायत बोलेका थिए । यसैबीच, पोखरा ९ स्थित वीपी बाटिकामा नेता पौडेलले वृक्षरोपण गरे । सो अवसरमा विभिन्न जातका करिब डेढ सयभन्दा बढी बिरुवा रोपिएको छ ।यसैबीच, काँग्रेस कास्कीले जिल्लाका विभिन्न क्षेत्रमा पनि जागरण अभियान सुरु गरेको जनाएको छ । योसँगै भोलिदेखि वडा इकाइसम्म जागरण अभियान जारी रहने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण