नेपाल पर्यटन बोर्डले फोटो वेबसाइट शुरु गरेको छ। बोर्डले फोटोको माध्यमबाट नेपालको प्रबर्द्धन गर्ने भन्दै यो वेबसाइट शुरु गरेको जानकारी दिएको छ।
फोटोनेपाल डट वेलकम नेपाल डटकम(https://photonepal.welcomenepal.com/) नामको यो वेबसाइटमा इच्छुक सबैले फोटो अपलोड गर्न पाउने छन्। त्यो भन्दा पहिले खाता खोल्नुपर्ने छ। यसरी खाता खोलेपछि फोटोको विवरणसहित अपलोड हुन्छ।
यसरी फोटो अपलोड भएको केही समयपछि साइटमा देखिने छ। यसरी एकातिर यो साइटबाट नेपालका विभिन्न गन्तव्यको विश्वव्यापी प्रबर्द्धन हुने र अर्कोतिर फोटोग्राफरहरुलाई पनि फाइदा हुनेछ।
यसमा फोटो अपलोड गर्दा निशुल्क दिने वा शुल्क लिने भन्ने कुरा छनौट गर्न सकिने छ। शुल्क लिने भनेर अपलोड भएमा कसैले प्रयोग गर्न चाहेमा सिधै फोटोग्राफरसँग सम्पर्क गर्न सक्ने छ।
यो साइटमा अहिले दैनिक पाँच हजार भिजिटर रहेको सुवेदीले जानकारी दिए। भिजिट नेपाल २०२० आउनै लाग्दा यस्ता गतिविधिले नेपालको प्रबर्द्धनमा बृद्धि हुने बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले ले बताएको सेतोपाटी डटकमले लेखेको छ ।
सम्बन्धित खबर
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट
आजको मौसम पूर्वानुमान
कपिलवस्तुमा एक दम्पती मृत फेला
आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
घट्यो पेट्रोलियम पदार्थको मूल्य
देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग