बीबीसी नेपाली । ८१ वर्षे वृद्धको भेष बनाएर अमेरिका जान लागेका एक भारतीय युवक नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। ती सन्दिग्ध व्यक्तिको नाम जयेश पटेल भएको भारतीय अधिकारीहरूले बताएका छन्। उनको वास्तविक उमेर ३२ वर्ष हो।
उनी अमेरिकाको न्यूयोर्क जान विमान चढ्न लागेका बेला नक्कली राहदानीसहित आइतवार पक्राउ परेका हुन। फुलेको दाह्री भएका र मोटो चस्मा लगाएका ती युवकले प्रारम्भिक सुरक्षाजाँच र अध्यागमन ह्वीलचेअरमा बसेर पार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सेन्ट्रल इन्डस्ट्रिअल सेक्युरिटी फोर्सका प्रवक्ताले सीएनएनलाई भने, “उनी पक्कै पनि ८० वर्षका थिएनन्। उनको छाला युवाहरूको जस्तो थियो।” दोस्रो सुरक्षा जाँचका बेला उमेरका कारण आफू उभिन नसक्ने बताएपछि उनीमाथि शङ्का बढेको थियो। अधिकारीहरूले मागेपछि वाहकको नाम अम्रिक सिङ भएको राहदानी उनले दिए।राहदानीमा उनको जन्ममिति फेब्रुअरी १, १९३८ र जन्मस्थान दिल्ली भएको उल्लेख थियो।

सोधपुछका क्रममा पटेलले आफूले वृद्धको भेष बनाएको र उक्त राहदानी गैरकानुनी रहेको स्वीकार गरेका थिए।लगत्तै उनलाई पक्राउ गरेर अध्यागमनका अधिकारीहरूलाई जिम्मा लगाइएको थियो। उनीमाथि छानबिन जारी छ।
भारतका प्रहरी अधिकारीहरूले एनडीटीभीलाई बताएअनुसार गुजरात राज्यका पटेललाई एकजना दलालले राहदानी र अमेरिकी भिसा उपलब्ध गराउने वाचा गरेका थियो। एनडीटीभीको रिपोर्टअनुसार उक्त दलालले पटेलको हुलिया बदल्ने व्यवस्था मिलाइदिएको थियो। “रोजगारीका लागि उनी अमेरिका जाने तयारीमा थिए। तर उनको प्रोफाइलका कारण सहजै भिसा प्राप्त गर्न सक्ने अवस्था थिएन,” प्रहरी अधिकारी सञ्जय भाटियाले भने।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो