पोखरा । साझा पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन भएका छन् । शनिबार एक कार्यक्रमका बीच खनाललाई जिल्ला संयोजक र गुरुङलाई महानगर संयोजकको रुपमा पार्टीले सार्वजनिक गरेको हो । कार्यक्रममा साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले संयुक्त रुपमा माटोको टिका लगाएर जिल्ला र महानगर संयोजक घोषणा गरेका थिए ।
साझा पार्टीको जिल्ला संयोजक घोषणा भएसँगै खनालले जिल्लाका सबै गाउँपालिकाहरुमा संगठन विस्तार अभियानलाई तीव्रता दिने बताए । ‘पार्टीको संगठनलाई स्थानियस्तरबाटै बलियो बनाउने कुरा मेरो प्राथमिकता रहनेछ । र, पार्टीले दिएको यो जिम्मेबारीलाई मैले सफलतापूर्वक निभाउने प्रयास गर्नेछु,’ खनालले भने ।
साझा पार्टीको कास्की जिल्ला संयोजक बनेका खनाल राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । कानुनको विद्यार्थी समेत रहेका खनाल युवा व्यवसायी पनि हुन् । उनी एक इन्भेष्टमेन्ट कम्पनीका अध्यक्षको रुपमा कार्यरत छन् भने आफ्नै लगानीमा होटल संचालन गरिरहेका छन् । सामाजिक अभियन्ताको रुपमा लामो समयदेखि सम्लग्न खनालले २५ भन्दा बढि देश भ्रमण गरिसकेका छन् ।
त्यस्तै साझा पार्टीको पोखरा महानगर संयोजक बनेका गुरुङले नजिकिँदै गरेको उपनिर्वाचन भन्दा अगाडि नै महानगरका प्रत्येक वडामा संगठन विस्तार गरिसक्ने प्रतिबद्धता जनाए ।
‘निर्वाचनको क्रममा हाम्रो पार्टीको बलियो उपस्थिती यो क्षेत्रमा हुनेछ । र, उपनिर्वाचनमा पार्टीको प्रभाव छाड्नका लागि प्रत्येक वडामा संगठन विस्तार गर्ने काम तिव्रताका साथ अगाडि बढाउनेछु,’ गुरुङले भने ।
साझा पार्टीको पोखरा महानगर संयोजक बनेका गुरुङ कान्तिपुर एकेडेमीका प्राचार्य तथा संचालक हुन् । दीप यूनाइटेड क्लबका अध्यक्ष समेत रहेका गुरुङ नेशनल प्याब्सनका कास्की जिल्ला सचिव समेत हुन् । अध्ययन, भ्रमण र समाजसेवामा रुची राख्ने गुरुङ कास्कीको अर्मलामा जन्मिएका हुन् ।
के भने खनाल र गुरुङले ? [भिडियो]
https://www.facebook.com/bigfmpokhara/videos/619683695104147/
संगठन विस्तारको क्रममा रहेको साझा पार्टीले अन्य जिल्लाहरुमा पनि संयोजक घोषणा गर्ने क्रमलाई तीव्रता दिएको छ । यही क्रममा आगामी असोज ३ गते पार्टीले गोरखा जिल्ला संयोजक घोषणा गर्ने कार्यक्रम तय भएको साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले जानकारी दिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन