जिल्ला भित्रका कुनै पनि शैक्षीक कार्यक्रमा होस या विद्यालय भित्र किन नहोस राष्ट्रिय बाल शिक्षा सदन कुश्माले कुनै न कुनै स्थान हाँसील गरेरै छाडछ । पछिल्ला दिनहरुमा विद्यालयको सकृयता र शैक्षीक अभ्यासले विद्यालयका बालबालिकाहरुलाई स्थान दिलाउने गरेको हो ।
शिक्षासँगै अतिरिक्त अभ्यास व्यवहारीक ज्ञानको विकास गराउने विद्यालय अव्बल रहँदै आएको छ । राष्ट्रिय बाल दिवषको अवसरमा जनजागृती भूतपूर्व बिद्यार्थि संघ थापाठानाले आयोजना गरेको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसील गरेको छ भने गएको हप्ता जेसीज सप्ताहमा आयोजना गरीएको लोक नृत्य प्रत्योगितामा राष्ट्रिय वाल शिक्षा सदन प्रथम भएको हो । भने जेसीज सप्ताहमा लोक नृत्य प्रत्योगितामा पनि विद्यालय प्रथम भएको हो । १२ विद्यालय सहभागि भएको प्रत्योगितामा राष्ट्रिय वाल शिक्षा सदन प्रथम र आदर्श आवाशिय मावि द्धितीय र नारायण मावि तृतीत भएका हुन ।
लोक संस्कृती जगाउन तथा युवा पिडीहरुमा संस्कर सीकाउन आयोजना गरीएको लोक नृत्य प्रत्योगितामा जिल्ला कै जेठो संस्थागत विद्यालयले प्रथम स्थान हाँसील गरेको जेसीज अध्यक्ष मोहन आचार्यले बताउनु भयो । प्रत्योगितामा प्रथम स्थान प्राप्त गर्ने विद्यालयहरुलाई रनिङ शिल, नगद र प्रमाण पत्रले सम्मान गरीएको र यस्तै द्धितीय र तृतीय हुने विदालयलाई नगद प्रमाण पत्र द्धारा सम्मान गरीएको जेसीजले जनाएको हो । जेसीजले आयोजना गरेको बतृत्वकला प्रत्योगितामा तृतीय बन्न सफल भएको विद्यालय राष्ट्रिय वाल दिवषको अवसरमा फलेवास नगर थापाथानाामा अयोजित आधारभुत विद्यालय तहको जिल्ला स्तरीय वतृत्वकलामा प्रथम भएको हो ।
प्रत्योगितामा द्धितीय विश्व ज्योती मावि सिल्मी भएको हो भने तृतीय आइवल एकेडेमी कटुवा चौपारी रहेका हुन । यस्तै सान्तवना नमुना आवाशिय मावि रहेका हुन । जिल्लाका सामुदायीक र संस्थागत ३० विद्यालययहरुको सहभागितामा बक्तृत्वकला प्रतियोगितामा विद्यालयका छात्रासम्रचना शर्मा प्रथम भएकी हुन । यती मात्र होईन नगर स्तरीय प्रत्योगितामा पनि विद्यालयले सहभागिता जनाउँदै आएको कुश्मा नगर पालिकाले आयोजना गरेको नगर स्तरीय निबन्ध प्रत्योगितामा तृतीय स्थान हाँसील गरीसकेको छ भने नगर स्तरीय हाजीरी जवाफ प्रत्योगितामा पनि तृतीय स्थान हासीँल गरेको हो ।
विद्यालयमा हुने अतिरिक्त अभ्यास शैक्षीक सुधारका प्रयास गुणस्तरका लागि शिक्षकहरुको एकरुपताका कारण विद्यालय सफल बन्दै गएको विद्यालयका प्रिन्सीफल थानेश्वर ढकालले जानकारी दिनुभयो । विद्यालयमा हुने शैक्षीक तथा अतिरिक्त अभ्यास नियमीत शुत्रबारे कार्यक्रमका कारण पनि विद्यालयले विभिन्न शैक्षीक पैदर्शनी र पंत्योगितामा सफलता हाँसीक गर्न सकेको हो । अहीले विद्यालयमा २७ शिक्षक शिक्षीकाहरुले अध्यापन गराउँदै आएका छन ।
सम्बन्धित खबर
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा