काठमाडौं – राजधानीको मनमैंजुमा २ जना बालिकामाथि बसभित्रै बलात्कार भएको खुलेको छ । तारकेश्वर नगरपालिका–१० मनमैंजु चोकमा घाइते अवस्थामा बालिका फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा बसैभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य खुलेको हो ।
प्रहरीका अनुसार मनमैंजु चोकमा एक बालिका घाइते अवस्थामा फेला परेकी थिइन् । महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले ११ वर्षीय बालिकाको उद्दार गरेर अस्पताल भर्ना गरेको थियो ।अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा बालिकामाथि बलात्कार भएको खुल्न आयो । प्रहरीले बालिकासँगको सोधपुछका क्रममा बा ४ ख ८२ नम्बरको बसमा उनीसहित १ जना अर्की बालिकामाथि बलात्कार भएको खुलेको हो ।
प्रहरीले बालिकामाथि बलात्कारको अभियोगमा बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई सोमबार पक्राउ गरेको छ । प्रहरीका अनुसार एल्जितले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको मेडिकल परीक्षणबाट पुष्टि भइसकेको छ । उनले ११ वर्षीया बालिकाकी साथी अर्की १० वर्षीया बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ
एमाले अध्यक्ष ओली अस्पताल भर्ना