पोखरा ।लामो समय चर्चा/परिचर्चापछि अन्ततः स्वर्गीय रबिन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई नै कास्की २ को उपनिर्वाचनमा नेकपाको उम्मेदवार हुने लगभग निश्चित भएको छ । आगामी मंसिर १४ गते कास्कीको क्षेत्र नं. २ मा हुने देशकै एकमात्र प्रतिनिधि सभा उपनिर्वाचनमा सबैभन्दा ठूलो दल नेकपाबाट रविन्द्रपत्नी विद्या नै उम्मेदवार हुने टुंगो लागेको नेकपा श्रोतले जनाएको छ ।
श्रोतका अनुसार नेकपाको बैठकमा सोमबार अधिकांश नेताहरुले विद्यालाई नै उम्मेद्वार बनाउनुपर्ने धारणा राखे । विद्यार्थी राजनीतिमा लामो समय होमिएकी विद्या प्राध्यापन सेवातिर लागेपछि राजनीतिबाट टाढा भई श्रीमान् रविन्द्रलाई सघाएकी थिईन् । उनी सक्षम भएकाले पनि राजनीतिमा फर्कन शुभचिन्तकको अपेक्षा रहेको थियो । रविन्द्रको अन्तिम संस्कारताका पोखरा आउँदा बामदेव गौतमको चर्चा चल्यो, तर त्यसबेलै बामदेवले पनि विद्यालाई नै अगाडि सारे राम्रो हुने प्रतिक्रिया दिएका थिए । पछिल्लो समय फेरि बामदेवको उच्च सम्भावना रहेको, अध्यक्षहरुले समेत बामदेवलाई अफर गरेकोमा जनस्तरमा धेरै विमति आए । अब नेताहरुले नै बैठकमा विद्यालाई उठाउनुपर्ने माग गरेपछि नेकपा अध्यक्ष केपी ओली र प्रचण्डलाई थप दबाब परेको हो ।
अहिले नेकपा कास्कीका नेता तथा कार्यकर्ताहरुले विद्या भट्टराईलाई बधाईका साथ चुनावमा जित्न शुभकामना समेत दिन सुरु गरिसकेका छन् । तर, पार्टी भने केही बोलेको छैन । गत १५ फागुनमा ताप्लेजुङमा भएको हेलीकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधन भएपछि कास्की २ रिक्त रहेको छ । कास्की २ मा तुलबहादुर गुरुङ र सोमनाथ प्यासीको चर्चा पनि चलेको थियो ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो