पोखरा । पोखरा १७ र २१ जोडने दोविल्लास्थित फुस्रेखोला माथिको पुल यस वर्ष भने पहिले जस्तो जोखिम भएन । कारण, नदि कटान रोक्न तटबन्ध गरिएको छ । यसले राम्ररी काम पनि गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले कटान क्षेत्रको आज निरीक्षण गरेका छन् ।
फुस्रेखोलाको कटानका कारण समय समयमा जोखिममा पर्ने गरेको पुल र आसपासको सडक सहितको बस्तीको उनले निरीक्षण गरेका हुन् । विगत केही बर्ष यता बर्षेनी खोलाको कटानको कारण जोखिममा परेको दोविल्ला पुल नजिकै गत बर्षबाट तटवन्ध गरी नियन्त्रणको प्रयास गरिएको छ । अवलोकनका क्रममा स्थानीय वासिन्दा र सरोकारवालसंग अन्तकृया गर्दै उनले पुल र वस्तिको संरक्षणका लागि प्रदेश सरकारको तर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सेतीनदी र फुस्रेखोलाको संगमस्थलकारुपमा रहेको दोविल्ला क्षेत्रको संरक्षण गरि जोखिम न्यूनिकरणका लागि तत्काल कटान नियन्त्रणमा सम्वन्धित निकायबाट तदारुक्ता देखाउनु पर्ने स्थानीय वासिन्दाले मुख्यमन्त्रीसंग माग राखेका थिए । दुवै नदीको कटानले सो क्षेत्रमा सहारा क्लवद्धारा सञ्चालित सहारा एकेडेमि लगायतका विभिन्न संघसंस्था सहित ठूलो वस्ति र जग्गा समेत कटानको उच्च जोखिममा परेको स्थानीय कमलमोहन पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’