पोखरा । पोखरा १७ र २१ जोडने दोविल्लास्थित फुस्रेखोला माथिको पुल यस वर्ष भने पहिले जस्तो जोखिम भएन । कारण, नदि कटान रोक्न तटबन्ध गरिएको छ । यसले राम्ररी काम पनि गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले कटान क्षेत्रको आज निरीक्षण गरेका छन् ।
फुस्रेखोलाको कटानका कारण समय समयमा जोखिममा पर्ने गरेको पुल र आसपासको सडक सहितको बस्तीको उनले निरीक्षण गरेका हुन् । विगत केही बर्ष यता बर्षेनी खोलाको कटानको कारण जोखिममा परेको दोविल्ला पुल नजिकै गत बर्षबाट तटवन्ध गरी नियन्त्रणको प्रयास गरिएको छ । अवलोकनका क्रममा स्थानीय वासिन्दा र सरोकारवालसंग अन्तकृया गर्दै उनले पुल र वस्तिको संरक्षणका लागि प्रदेश सरकारको तर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सेतीनदी र फुस्रेखोलाको संगमस्थलकारुपमा रहेको दोविल्ला क्षेत्रको संरक्षण गरि जोखिम न्यूनिकरणका लागि तत्काल कटान नियन्त्रणमा सम्वन्धित निकायबाट तदारुक्ता देखाउनु पर्ने स्थानीय वासिन्दाले मुख्यमन्त्रीसंग माग राखेका थिए । दुवै नदीको कटानले सो क्षेत्रमा सहारा क्लवद्धारा सञ्चालित सहारा एकेडेमि लगायतका विभिन्न संघसंस्था सहित ठूलो वस्ति र जग्गा समेत कटानको उच्च जोखिममा परेको स्थानीय कमलमोहन पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन