चितवन । नारायणी पुलबाट बुधबार हाम्फालेका युवक वेपत्ता छन् । एक युवती हाम्फालेको ठिक तीन महिनापछि बुधाबार सोही पुलबाट भरतपुर नगरपालिका ११ निवासी २५ वर्षीय उदार पौड्याल हाम्फालेर बेपत्ता भएका हुन् । बुधबार दिउँसो स्कुटी चढेर आएका पौड्याल युवती रुँदा रुँदै हाम्फालेका थिए ।
उनी हाम्फाल्ने क्रममा एक जना युवाले तान्ने प्रयास गरेका थिए । एक जना प्रत्यक्षदर्शीका अनुसार उनीसँगै आएकी एक युवती पुल किनारमा डाको छाडेर रुँदै थिइन् । एक प्रत्यक्षदर्शी भन्छन्, ‘ती युवती ठुलो स्वरमा चिच्चाउँदै र रुँदै गरेको दृश्य निकै कारुणिक थियो । उनीहरु बिचको नाता सम्बन्ध भने के थियो थाह भएन ।’ ती युवतीसँग सोधपुछ–अनुसन्धान गरिँदै रहेको र बेपत्ता युवाको खोजी कार्य भइरहेको त्यहाँका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ले बताए ।
सोही पुलबाट असार १ गते शुक्रबारका दिन विवाह भएको तीन महिना मै हाम्फालेर बेपत्ता भएकी चितवनको राप्ती नगरपालिका ६ , वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटाको शव अझै भेटिएन ।

उनका श्रीमान २९ वर्षीय पवन सापकोटाको परिवारले उनको काजकिरिया गरिसकेका छन् । उनको माइतीघर कञ्चनपुरको महेन्द्रनगर नगरपालिका १८ खरकी हो । उनी त्यहाँको सनराइज पब्लिक हाइस्कुलमा एसईईको अध्यायन पुरा गरी नवलपरासीको देवचुली नगरपालिका ३ दलदले भाग्यपुरीस्थित मामा रेशम सापकोटाको घरमा आएर कक्षा ११ को जाँच दिइ बसेकी थिइन् । उनीहरुको तीन महिनाअघि मागी विवाह भएको थियो ।
मामा घरमा आएकी बहिनीलाई उसै दिन विहान भेटन आएका दाजु हरि बसेलसँग स्कुटीको पछाडि बसेर आएकी थिइन् । तर जाम भएर रोकेको बेला उनी एक्कासी ओर्लेर हाम्फालेकी थिइन् ।
प्रेम सुनार, रातोपाटी ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन