चितवन । नारायणी पुलबाट बुधबार हाम्फालेका युवक वेपत्ता छन् । एक युवती हाम्फालेको ठिक तीन महिनापछि बुधाबार सोही पुलबाट भरतपुर नगरपालिका ११ निवासी २५ वर्षीय उदार पौड्याल हाम्फालेर बेपत्ता भएका हुन् । बुधबार दिउँसो स्कुटी चढेर आएका पौड्याल युवती रुँदा रुँदै हाम्फालेका थिए ।
उनी हाम्फाल्ने क्रममा एक जना युवाले तान्ने प्रयास गरेका थिए । एक जना प्रत्यक्षदर्शीका अनुसार उनीसँगै आएकी एक युवती पुल किनारमा डाको छाडेर रुँदै थिइन् । एक प्रत्यक्षदर्शी भन्छन्, ‘ती युवती ठुलो स्वरमा चिच्चाउँदै र रुँदै गरेको दृश्य निकै कारुणिक थियो । उनीहरु बिचको नाता सम्बन्ध भने के थियो थाह भएन ।’ ती युवतीसँग सोधपुछ–अनुसन्धान गरिँदै रहेको र बेपत्ता युवाको खोजी कार्य भइरहेको त्यहाँका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ले बताए ।
सोही पुलबाट असार १ गते शुक्रबारका दिन विवाह भएको तीन महिना मै हाम्फालेर बेपत्ता भएकी चितवनको राप्ती नगरपालिका ६ , वीरेन्द्रनगरकी २१ वर्षीया कविता सापकोटाको शव अझै भेटिएन ।

उनका श्रीमान २९ वर्षीय पवन सापकोटाको परिवारले उनको काजकिरिया गरिसकेका छन् । उनको माइतीघर कञ्चनपुरको महेन्द्रनगर नगरपालिका १८ खरकी हो । उनी त्यहाँको सनराइज पब्लिक हाइस्कुलमा एसईईको अध्यायन पुरा गरी नवलपरासीको देवचुली नगरपालिका ३ दलदले भाग्यपुरीस्थित मामा रेशम सापकोटाको घरमा आएर कक्षा ११ को जाँच दिइ बसेकी थिइन् । उनीहरुको तीन महिनाअघि मागी विवाह भएको थियो ।
मामा घरमा आएकी बहिनीलाई उसै दिन विहान भेटन आएका दाजु हरि बसेलसँग स्कुटीको पछाडि बसेर आएकी थिइन् । तर जाम भएर रोकेको बेला उनी एक्कासी ओर्लेर हाम्फालेकी थिइन् ।
प्रेम सुनार, रातोपाटी ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’