काठमाडौँ । प्रदेश र प्रतिनिधि सभाको चुनावको अन्तिम मतपरिणाम आउन थालेको छ । योसँगै भावी प्रधानमन्त्री को होला ? चर्चामा रहेको छ । यसबाहेक भावी राष्ट्रपति, उपराष्ट्रपति र सभामुख को बन्लान् ? यो प्रश्नमाथि पनि राजनीतिक वृतमा र आमजनमानसमा बहस शुरु भएको छ ।
एमाले र माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरुले भावी प्रधानमन्त्रीका रुपमा औपचारिक रुपमा कसैलाई अगाडि सारेका छैनन् । तर, एमाले अध्यक्ष केपी ओली यसका लागि प्रमुख दावेदार मानिएका छन् ।
राष्ट्रपतिमा को आउला ? विभिन्न अड्कलवाजी शुरु भएका छन् । एमाले र माओवादीले शक्ति बाँडफाँड गर्दा यो पद कसको पोल्टामा जाने हो, त्यो पनि यकीन छैन । तर पनि भावी राष्ट्रपतिका लागि सम्भावित नाम यस्ता छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव यसपाली निर्वाचन आयोगले गराउनेछ, जहाँ संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यको मतभार भने फरक–फरक हुनेछ । राष्ट्रपतिमा निर्वाचनका लागि ५० प्रतिशतभन्दा बढी मत चाहिनेछ । राष्ट्रिय सभा गठनपछि मात्र राष्ट्रपति र उपराष्ट्रपति चयनको प्रक्रिया अगाडि बढ्नेछ ।
संविधानले राष्ट्रपतिको योग्यताका रुपमा संघीय संसदको सदस्य हुन योग्य भएको, कम्तीमा ४५ बर्ष उमेर पुरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्दछ । दुई पटक राष्ट्रपति भएको व्यक्ति पनि तेस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैन ।
माधवकुमार नेपाल –एमाले बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भावी राष्ट्रपतिका लागि चर्चामा रहेको नाम हो । तर, उनी सक्रिय राजनीतिमा छन् । यदि पार्टीले निर्णय गर्यो भने उनी जान्छन वा जाँदैनन् ? अहिले नै भन्न सकिन्न । नेपालले काठमाडौं २ बाट चुनाव जितेका छन् ।
झलनाथ खनाल– एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम पनि भावी राष्ट्रपतिका लागि चर्चामा छ । उनले अहिले इलाम–१ बाट प्रतिनीधिसभाका लागि चुनाव जितेका छन् । यदि पार्टीले निर्णय गर्यो भने उनी जान सक्ने सम्भावना रहेको एमाले निकट स्रोतहरु बताउँछन् ।
बामदेव गौतम– एमाले उपाध्यक्ष बामदेव गौतमलाई एमालेभित्र भावी प्रधानमन्त्रीका एक दावेदारका रुपमा पनि हेरिएको थियो । तर, प्रतिनीधिसभामा उनले बर्दिया–१ बाट चुनाव हारेका छन् । संविधान अनुसार राष्ट्रपति बन्नका लागि संसद हुनुपर्देन । एमालेको विधान अनुसार उनले पार्टी संगठनमा अब उनले कार्यकारी पद लिन सक्दैनन् । यस्तो अबस्थामा उनी राष्ट्रपतिका लागि उनी दावेदार हुन सक्छन् । गौतमप्रति माओवादी केन्द्रका अध्यक्ष पनि उदार छन् ।
अमिक शेरचन– माओवादी केन्द्रका नेता अमिक शेरचनको पनि नाम राष्ट्रपतिका लागि चर्चामा छ । उनी अहिलेको चुनावमा प्रत्यक्षतर्फ लडेनन् । पुराना कम्युनिष्ट नेता शेरचनलाई माओवादीभित्र भावी राष्ट्रपतिका लागि एक दावेदार मानिएको छ ।
रामबहादुर थापा– माओवादी केन्द्रका अर्का नेता रामबहादुर थापा बादल पनि राष्ट्रपतिका लागि चर्चामा आएको नाम हो । उनी अन्तिम समयमा आएर प्रत्यक्षतर्फ चुनाव लडेनन् । उनको नाम माओवादीले समानुपातिकतर्फ राखेको छ । उनी पहिलो संविधानसभामा चितवनबाट विजयी भएका थिए । दोस्रो संविधानसभामा उनी वैद्य माओवादीका नेता थिए, जो पार्टीले चुनाव बहिस्कार गरेको थियो । पछि उनले माओवादीसँग एकता गरे ।
र, अर्को विकल्प
अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिने विकल्प पनि कायमै छ ।
तर,
दलहरुले भावबन्डा गर्दा नयाँ अनुहार पनि राष्ट्रपतिका लागि अगाडि ल्याउन सक्छन् ।
सम्बन्धित खबर
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
आज राति १२ बजेदेखि नेपालसँग जोडिएका भारत चीन सीमा नाका बन्द हुने
निर्वाचनका दिन क-कसलाई चाहिन्छ सवारी पास?
‘तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे होस् भन्ने पक्षमा ?’
दुर्गा प्रसाईं फेरि पक्राउ
मुकुलको प्रश्न : ‘भोलि बालेन्द्र प्रधानमन्त्री हुँदा कोही संसद् भवन जलाउन आए प्रहरीले के गर्छ?’
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला