मोरङ ६ मा काँग्रेसका शेखर कोईरालालाई पराजित गर्दै प्रतिनिधि सभामा सांसद चुनिएका बाम गठबन्धनका साझा उम्मेदवार लालबाबु पण्डित विजयी भएको दिनदेखि नै मतदातालाई धन्यवाद ज्ञापन गर्न आफ्नो क्षेत्र डुलिरहेका छन् ।
ठूलो राष्ट्रिय झण्डा फरफराउँदै एमाले पोलिटब्युरो सदस्य समेत रहेका पण्डित आफ्नो क्षेत्र सुन्दर हरैंचा, बुढीगंगा, विराटनगरमा डुलिरहेका छन् ।

विश्वासको मत प्राप्त गरेपछि आफूलाई विश्वास गरी मतदान गर्ने सबैप्रति आभार प्रकट गर्न पनि आफू डुलेको उनले बताए । ‘उहाँहरुले मलाई विश्वास गरी जिताउनुभयो । नयाँ ठाउँमा अत्यन्त माया गरिदिनुभयो । यसरी अबिर लगाउने बनाउनुभयो । उहाँहरुलाई धन्यवाद ज्ञापन गर्दै नतिजा आएको दिनदेखि हिँडेको छु ।’ पण्डितले भने – अब उहाँहरुको विश्वास अनुसार काम गर्नुपर्छ । म उहाँहरुले जिताउनुभएको राष्ट्रकै सांसद मुलुक र यो क्षेत्र विकास गर्नुपर्छ । मेरो ठाउँबाट सक्दो गर्नेछु ।

यो क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४ देखि ७ तथा ९, ११ र १२ वडा पर्छन् । उनले कांग्रेस नेता शेखर कोइरालालाई ६ सय ७५ मतान्तरमा पराजित गरे। पण्डितले ३३ हजार ९ सय ४१ मत पाए भने कोइरालाले ३३ हजार २ सय ६६ मत पाए । कोईराला खानदानको विरासत क्षेत्र भनेर चित्रित विराटनगरमा लालबाबु पण्डित उदाए ।

अत्यन्त चर्चामा रहेको निर्वाचन क्षेत्रमध्येको एक थियो, मोरङ ६ । जहाँ कांग्रेस नेता डा। शेखर कोइरालालाई चुनौती दिँदै वाम गठबन्धनबाट चुनावी मैदानमा होमिएका थिए एमाले नेता लालबाबु पण्डित । राजनीतिमा आफ्नो स्थान बनाएका दुवै नेताको प्रतिस्पर्धाले यो क्षेत्रलाई निकै ततायो ।

लालबाबुको पक्षमा देशभरको जनलहर उर्लियो । सामाजिक सञ्जालमा जित्नैपर्ने नेता भनेर पहिलो नम्बरमा लालबाबुलाई राख्दथे । पण्डितलाई चुनाव जित्न निकै सकस थियो । किनकि उनको आफ्नो क्षेत्र नंं ३ बाट क्षेत्र नं। ६ मा उनी पुगेका थिए । जुन क्षेत्र बिराटनगरलाई काँग्रेसका कोईराला खलकको विरासतको रुपमा लिईन्थ्यो ।

सामान्य प्रशासन मन्त्री भएका बेला डीभी र पीआर लिएका कर्मचारीलाई कारबाही गरेबापत वाहवाही कमाएकाले पण्डित भने उच्च मनोबलमा थिए ।

सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु