कास्कीको कास्कीकोटका १९ वर्षिय सफल कुँवर ५ वर्ष देखि फुटबल खेल्दै आएका थिए । उनलाई राम्रो फटबल खेलाडी बन्ने सपना थियो । जहाँ फुटबल खेल प्रतियोगिता आयोजना हुन्थ्यो उनि त्यहाँ खेल्न पगिहाल्थे ।
गत बैशाख २१ गते पनि उनि साथीहरुसँग पोखराको जैमुरेमा फुटबल खेल्न गए । खेल सुरु भएको २ मिनेटमा नै उनको पोटमा रहेको बललाई क्लियर गर्ने क्रममा आफ्नै टिमको साथीले उनको पेटमा हाने । सफलले केहि थाहा पाएनन् । खेल्न नसकेपछि उनि मैदानबाट बाहिरिए । साह्रै दुख्यो भन्दा उनलाई साथीहरुले नाटक गरेको भने । खेल नसकिदा सम्म उनि घर आउन पाएनन् ।
साथीहरुले घर ल्याएर छोडेपछि पनि निरन्तर दुखाई भएपछि उनि उपचारका लागि फिस्टेल अस्पताल गए । त्यहाँ गएपछि थाहा भयो उनको आद्रा ३ ठाउँमा चुडिएको रहेछ । उनको अप्रेसन भयो । आयोजक र अरु साथीहरुले राम्रो व्यवहार नगरेको सफलकी आमाले बताउनुभयो । अहिलेसम्म सफलको उपचारको लागि ९ लाख ३५ हजार बढि खर्च भईसकेको छ । अझै ८/१० लाख खर्च लाग्ने जनाइएको छ । सफलकी आमाले डोकोमा फलफुल बेचेर गर्दै आएको काम पनि अहिले राम्रोसँग गर्न सकेकी छैनन् । छोरो बिरामी भएपछि उनी डोकोमा फलफुल बेच्न जान पनि छोडेकी छन् ।
आर्थिक अवस्था कमजोर भएकी कारण सफलको उपचार नहुनेहो की भन्ने चिन्ता उनलाई छ । आफ्नो छोराको उपचारमा सहयोग गरिदिन उनले सबैलाई अपिल गरेकी छन् ।
https://youtu.be/xVU4G8ZVh2o
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो