पोखरा । एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक मर्ज भएर आइतबारदेखि नै एकीकृत सेवा सुरु गरिसकेको छ । एनएमबीको साउन २८ गते बसेको साधारणसभाले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने निर्णय गरेको थियो । राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिपछि एनएमबी बैंकको नामबाट संयूक्त कारोबार सुरु भएको छ । एनएमवि बैंकले ओमका सिइओसहित अधिकांश कर्मचारीलाई बिदाई गर्दै गरेको समाचार बैंकिङ खबर डटकमले प्रकाशित गरेको छ ।
अब विकास बैंकको सूचीबाट अर्को ठुलो राष्ट्रिय स्तरको विकास बैंक घटेको छ । ओम डेभलपमेन्ट बैंकका सिइओ विश्वमोहन अधिकारी सहित अधिकांश कर्मचारी बाहिरिएका छन् । उनीहरुलाई एनएमबी बैंकले अस्वीकार गर्दै बिदाईको तयारी गरेको न्यूज छ ।
लामो समय बैंकिङ क्षेत्रमा रहेका ओृमका सिइओ अधिकारीले डेपुटी सिइओ पनि नपाएपछि एनएमबिमा नजाने भएका हुन् । उनको बैंकिङ करीयरमा पूर्णविराम लाग्ने संकेत देखिएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक अब पूर्ण रुपमा विलय भएको छ । अन्य कतिपय कर्मचारीलाई दुई तह र कसैलाई एक तह तल्लो स्तरमा झार्ने एनएमविको निर्णय ओमका सबैजसो कर्मचारीले अस्वीकार गरेका हुन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
पोखरामा ओमोडा ई ५ प्रो, सेलिब्रेसन इभेन्ट गरिँदै
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित