चितवन : आफुलाई भष्ट्रचार विरोधी अभियनता भनेर चिनाउने गरेका ज्ञानेन्द्र बहादुर शाही उर्फ ज्ञानेन्द्र शाही माथि चितवनमा भएको आक्रमणबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट वाइसिएल चितवनले आफ्नो धारणा सार्वजनिक गरेको छ।
वाइसिएल चितवन अध्यक्ष ईश्वर रेग्मीले शाहीलाई चितवनवासीले सम्झाएर पठाएको बताएका छन्। रेग्मीले गणतन्त्रविरोधीलाई चितवनवासीले मन नपराउने हुँदा यो दुःखद घटना भएको बताए। शाही गणतन्त्रवादी युवाहरुको निशानीमा परेको उनको दाबी छ। ‘चितवन सचेत नागरिक बस्ने जिल्ला हो। यहाँका जनताले छिटो रियाक्ट गर्छन्,’ उनले भने, ‘गणतन्त्रविरोधिलाई मन पराउँदैनन्, त्यसैको उपज हो उनिमाथिको आक्रमण।’
अध्यक्ष रेग्मीले शाहीमाथिको आक्रमणमा नेकपा निकटका कुनै संगठनको संलग्नता नरहेको दावी गरेका छन्। बिनाप्रमाण आफुलाई मन नपर्ने व्यक्तिलाई भ्रष्टाचारी भन्ने, गालीगलौज गर्ने, चेतावनी दिने, मानमर्दन गर्ने लगायतका गतिविधि गर्ने छुट शाहीलाई नरहेको रेग्मीको भनाइ छ। उनले भने, ‘हामी पनि भ्रष्टाचारको विरोधी हांै, समृद्धि, सम्मुनत विकसित नेपालका लागि लड्छौँ तर जसलाई जे मन लाग्यो त्यही गर्दै, बोल्दै हिँड्ने अधिकार कसैलाई छैन।’ उनले यो घटना दुःखद् भएको टिप्पणी गरेका छन्।
यद्यपि, सार्वजनिक स्थानमा एक व्यक्तिले तथानाम बोल्दै हिड्दा नजिकै भएका एक अर्का भद्र व्यक्तिले दुई झापड हानेर घर लखेट्ने काम गर्दा सही नै हुने जिकिर उनले गरे ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन