किरण श्रेष्ठ, तनहुँ । तनहुँको दमौलीमा पनि कपडा बैंक खुलेको छ । आइतबार तनहुँको व्यास-३ स्थित तरकारी लाइनमा लायन्स कपडा बैंकको उद्घाटन भएको छ । लायन्स क्लब अफ तनहुँ दमौलीको सक्रियतामा उक्त कपडा बैंक संचालनमा आएको हो ।
कपडा बैंकको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गरेको थिए ।

सो अवसरमा प्रमुख अतिथि न्यौपानेले राम्रो कामको सुरुवात भएको बताए । कपडा बैंकले अन्य जिल्ला राम्रो बजार लिएको उनले बताए । असाहाय वर्गको हितका लागि व्यवस्थित र निरन्तर रुपमा कपडा बैंक संचालन हुनुपर्ने उनले बताए । जम्मा गरिएको कपडा दुरुपयोग हुन नहुने समेत न्यौपानेले बताए ।
‘हुनेले दान गर्नुस, नहुनेले ढुक्कले लैजानुस’ भन्ने मुल नाराका साथ उक्त कपडा बैंक संचालनमा ल्याइएको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ले बताए । कपडा बैकलाई निरन्तर रूपमा लैजाने उनले बताए । ‘हामी संग अझै गोदाममा स्टक कपडा छ’ अध्यक्ष श्रेष्ठले भने ‘हामी निरन्तर सेवा दिनेमा प्रतिबद्ध छौ ।’

सो अवसरमा निवर्तमान डिस्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठले लायन्स सामाजिक काम अग्रसर रुपमा लागेको बताए । कपडा बैंकले हुनेले दिने र नहुनेले लिनको लागी सहयोग पुर्याउने उनले बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले लायन्सले मानवसेवाको लागि राम्रो कामको सुरुवात गरेको बताए । त्यस्तै प्रजिअ दशै, तिहार र छठको शुभकामना समेत जिल्लाबासी लाई दिए ।
आइतबार मात्रै बन्दिपुर-३ रामकोट ठाडोखोला खहरेका १८ जना चेपाङ र २ जना तनहुँसुरबाट आएर कपडा बैंकबाट कपडा लागेको क्लबका प्रथम उपाध्यक्ष सरोज भण्डारी जानकारि दिए ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन