बिराटनगर, २९ मंसिर / चुनाव जितेपछि नेता फर्केर नि आउादैनन् भनिन्छ । तर कतिपय नेताहरु प्रतिबद्धता दोहोर्याउँदै धन्यवाद व्यक्त गर्न दौडधुपमा छन् । यसमध्येममा पर्छन् मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका वाम गठबन्धन उम्मेदवार एवं एमाले नेता पूर्व मन्त्री लालबाबु पण्डित ।

विजयी भएको पर्सिपल्टै बिराटनगरमा संयुक्त विजयीसभापछि आफ्ना क्षेत्रमा लालबाबु पुगिरहेका छन् । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा विजयीहरु आफ्ना प्रतिवद्धता पूरा गर्ने बाचासहित निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा उनी व्यस्त छन् ।

उनी यतिबेला घरघरमा पुगेर कार्यकर्ता एवं शुभचिन्तक र मतदातालाई धन्यवाद पनि दिइरहेका छन् । विराटनगरमा घरदैलो, मतदाता र शुभचिन्तक भेटघाट गरेपछि मंगलबार सुन्दरहरैंचामा आयोजित विजय ¥याली र सभामा सहभागी भए । गछिया बलियामा उस्तै भिड रह्यो । शुक्रबार बुढीगंगा गाउँपालिकामा धन्यवाद व्यक्त गर्न उनी पुगे ।

आफ्ना चुनावी एजेन्डालाई अनुमोदन गरिएको भन्दै सबै मतदातालाई धन्यवाद दिएर एजेन्डा स्थापित गराएरै छाड्ने प्रतिवद्धता दोहो¥याए । उनले निर्वाचनका बेला आफूले मतदातासंँग गरेका सबै प्रतिवद्धता पूरा गरेरै छाड्ने बताए । मेरो पहिलो प्राथमिकता जुनसुकै मूल्य चुकाएर भए पनि विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बनाउने नै हो, उनले भने ।

मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये पाँचवटामा वाम गठबन्धन र एउटामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । १२ वटामा प्रदेशसभा मध्ये सातवटामा वाम गठबन्धन, चारवटामा कांग्रेस र एउटामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु