पोखरा । दशैंमा मासुका लागि मुस्ताङ मनाङबाट ठूलो मात्रामा च्याङ्ग्रा, भेडा पोखरा लगायतका शहर झार्ने गरिन्छ । एकैपटक धेरै संख्यामा ल्याउने हुनाले असुरक्षित पनि उस्तै छ । मुस्ताङबाट पोखराका लागि ल्याइएको च्याङ्ग्रा काँडेमै बाघको शिकार बनेको छ ।
स्थानीय पत्रकार श्रीभद्र पौडेलका अनुसार १५ वटा भेडा च्याङ्ग्रालाई बाघले मंगलबार राति खाएको छ । धेरै संख्यामा च्याङ्ग्रा ल्याउँदा सुरक्षा गर्न नसकिएको र रातको समयमा बाघको आक्रमणमा परेको हो । ७ वटा भेडा र ८ वटा च्याङ्ग्रा मारेको तथा ३ घाइते बनाएको हो ।
भेडा च्याङ्ग्रा मुगुका व्यवसायी छिरिङ लामाले बिक्रीका लागि ल्याएका थिए। भेडा-च्याङ्ग्रा मर्दा ४ लाख रुपैंया घाटा भएको अनुमान गरिएको छ। बाघले मारेर रगत पिएका च्याङ्ग्राहरुलाई धनीले निकै सस्तो मूल्यमा स्थानीयलाई नै बेचेको बताईएको छ ।

च्याङ्ग्रा चोरको आरोप लगाएकोमा कास्की प्रहरीदेखि स्थानीय असन्तुष्ट
यसअघि, कास्की प्रहरीले असोज ९ गतेको घटना भन्दै पोखराका पत्रकारलाई २ वटा च्याङ्ग्रा चोरी गर्ने अन्नपूर्ण गाउँपालिका ६ ढावाका २४ बर्षका सागर गुरुङ र विशाल गुरुङलाई च्याङ्ग्रा चोरको आरोप लगाउँदै विज्ञप्ती प्रेषित गरेकोमा स्थानीयले विरोध जनाएका छन् ।
समाचार सार्वजनिक हुने बित्तिकै स्थानीयहरुले २ वटा च्याङ्ग्रा फेला परेकाले केटाहरुले काटेर खाएको, धनीी पत्ता नलागेकोले काटेको भन्दै पछि धनी फेला परेपछि ५० हजार रुपैंया दिएपछि पनि प्रहरीले चोर भन्दै बेईज्जत गरेकोमा आपत्ति जनाएका छन् ।
१ सय ९९ वटा च्यांग्रा ल्याईएकोमा २ वटा चोरेर पोल्दै गरेका उनीहरुलाई कानुनी कारबाही अघि बढाईएको कास्की प्रहरीले जानकारी दिएको थियो । स्थानीय युवा ईश्वर शर्माले भिडबाट छुटेको च्याङ्ग्रा काटेर खाइदिएको र पछि ५० हजार दिएको मिडियासमक्ष बताएका छन् ।
यस्तो थियो कास्की प्रहरीले दिएको जानकारी:
http://gandaknews.com/chyangra-chor/
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’