पोखरा । दशैंमा मासुका लागि मुस्ताङ मनाङबाट ठूलो मात्रामा च्याङ्ग्रा, भेडा पोखरा लगायतका शहर झार्ने गरिन्छ । एकैपटक धेरै संख्यामा ल्याउने हुनाले असुरक्षित पनि उस्तै छ । मुस्ताङबाट पोखराका लागि ल्याइएको च्याङ्ग्रा काँडेमै बाघको शिकार बनेको छ ।
स्थानीय पत्रकार श्रीभद्र पौडेलका अनुसार १५ वटा भेडा च्याङ्ग्रालाई बाघले मंगलबार राति खाएको छ । धेरै संख्यामा च्याङ्ग्रा ल्याउँदा सुरक्षा गर्न नसकिएको र रातको समयमा बाघको आक्रमणमा परेको हो । ७ वटा भेडा र ८ वटा च्याङ्ग्रा मारेको तथा ३ घाइते बनाएको हो ।
भेडा च्याङ्ग्रा मुगुका व्यवसायी छिरिङ लामाले बिक्रीका लागि ल्याएका थिए। भेडा-च्याङ्ग्रा मर्दा ४ लाख रुपैंया घाटा भएको अनुमान गरिएको छ। बाघले मारेर रगत पिएका च्याङ्ग्राहरुलाई धनीले निकै सस्तो मूल्यमा स्थानीयलाई नै बेचेको बताईएको छ ।

च्याङ्ग्रा चोरको आरोप लगाएकोमा कास्की प्रहरीदेखि स्थानीय असन्तुष्ट
यसअघि, कास्की प्रहरीले असोज ९ गतेको घटना भन्दै पोखराका पत्रकारलाई २ वटा च्याङ्ग्रा चोरी गर्ने अन्नपूर्ण गाउँपालिका ६ ढावाका २४ बर्षका सागर गुरुङ र विशाल गुरुङलाई च्याङ्ग्रा चोरको आरोप लगाउँदै विज्ञप्ती प्रेषित गरेकोमा स्थानीयले विरोध जनाएका छन् ।
समाचार सार्वजनिक हुने बित्तिकै स्थानीयहरुले २ वटा च्याङ्ग्रा फेला परेकाले केटाहरुले काटेर खाएको, धनीी पत्ता नलागेकोले काटेको भन्दै पछि धनी फेला परेपछि ५० हजार रुपैंया दिएपछि पनि प्रहरीले चोर भन्दै बेईज्जत गरेकोमा आपत्ति जनाएका छन् ।
१ सय ९९ वटा च्यांग्रा ल्याईएकोमा २ वटा चोरेर पोल्दै गरेका उनीहरुलाई कानुनी कारबाही अघि बढाईएको कास्की प्रहरीले जानकारी दिएको थियो । स्थानीय युवा ईश्वर शर्माले भिडबाट छुटेको च्याङ्ग्रा काटेर खाइदिएको र पछि ५० हजार दिएको मिडियासमक्ष बताएका छन् ।
यस्तो थियो कास्की प्रहरीले दिएको जानकारी:
http://gandaknews.com/chyangra-chor/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन