पोखरा । पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा मिटरमा नगई आफु खुसी जथाभाबि भाडा लिने ४७ ट्याक्सी कार्वाहीमा परेका छन् । कास्की प्रहरीले ४७ ट्याक्सी तथा मिटर नै जडान नगरी आफु खुसी रकम भाडा लिने ५ गरी ५३ बटा ट्याक्सी र चालक समेतलाई कार्बाहीको लागी नियन्त्रण लिएको छ ।
ट्याक्सीहरुले यस अधि बिभिन्न तहबाट पटक पटक भएका निर्णयहरुको बेवास्ता गर्दै मनोमानी रुपमा सर्बसाधारणहरुसंग बढी भाडामा लिई मिटरमा जान नमानि बार्गेनिङ गर्ने गरेपछि प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी निरिक्षक नरहरि अधिकारीले जानकारी दिए ।
प्रहरीले शनिबार गरेको स्विप अपरेशनको क्रममा मिटरमा जान नमानि तथा मनोमानी रुपमा मिटरमा नचलाई बार्गेनिङगरी बढी भाडा असुल गर्ने ४७ बटा ट्याक्सी र मिटर जडान गर्ने म्याद दिदा समेत अटेरी गरी मिटर जडान नै नगरी चलाई यात्रु ठगी गर्ने ५ ट्याक्सी र चालक समेतलाई आबश्यक कार्बाहीको लागि नियन्त्रणमा राखेको अधिकारीले जानकारी दिए ।
यस्ता प्रबृति भएका अन्य ट्याक्सी चालकहरुको जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट सयुक्त रुपमा नै सुचना संकलन , निग्रानी , चेकिङ, अनुगमन तथा स्विप अपरेशन कार्यलाई तिब्र रुपमा अगाडी बढाईएको उनले बताए ।
बढि भाडादर भनेमा प्रहरी कण्ट्रोल रुम १००, ९८५६०३९५९९, कार्यालय प्रमुखको ९८५६००५५५५ , प्रवक्ता ९८५६०३५५१२ र ट्राफिक प्रहरी कण्ट्रोल रुमको नम्बरमा १०३ मा सम्पर्क गरेर जानकारी दिन समेत अनुरोध गरेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’