पोखरा । पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा मिटरमा नगई आफु खुसी जथाभाबि भाडा लिने ४७ ट्याक्सी कार्वाहीमा परेका छन् । कास्की प्रहरीले ४७ ट्याक्सी तथा मिटर नै जडान नगरी आफु खुसी रकम भाडा लिने ५ गरी ५३ बटा ट्याक्सी र चालक समेतलाई कार्बाहीको लागी नियन्त्रण लिएको छ ।
ट्याक्सीहरुले यस अधि बिभिन्न तहबाट पटक पटक भएका निर्णयहरुको बेवास्ता गर्दै मनोमानी रुपमा सर्बसाधारणहरुसंग बढी भाडामा लिई मिटरमा जान नमानि बार्गेनिङ गर्ने गरेपछि प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी निरिक्षक नरहरि अधिकारीले जानकारी दिए ।
प्रहरीले शनिबार गरेको स्विप अपरेशनको क्रममा मिटरमा जान नमानि तथा मनोमानी रुपमा मिटरमा नचलाई बार्गेनिङगरी बढी भाडा असुल गर्ने ४७ बटा ट्याक्सी र मिटर जडान गर्ने म्याद दिदा समेत अटेरी गरी मिटर जडान नै नगरी चलाई यात्रु ठगी गर्ने ५ ट्याक्सी र चालक समेतलाई आबश्यक कार्बाहीको लागि नियन्त्रणमा राखेको अधिकारीले जानकारी दिए ।
यस्ता प्रबृति भएका अन्य ट्याक्सी चालकहरुको जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट सयुक्त रुपमा नै सुचना संकलन , निग्रानी , चेकिङ, अनुगमन तथा स्विप अपरेशन कार्यलाई तिब्र रुपमा अगाडी बढाईएको उनले बताए ।
बढि भाडादर भनेमा प्रहरी कण्ट्रोल रुम १००, ९८५६०३९५९९, कार्यालय प्रमुखको ९८५६००५५५५ , प्रवक्ता ९८५६०३५५१२ र ट्राफिक प्रहरी कण्ट्रोल रुमको नम्बरमा १०३ मा सम्पर्क गरेर जानकारी दिन समेत अनुरोध गरेको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो